Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अस्ट्रेलियामा उच्च शिक्षा: नेपाली विद्यार्थीहरुका लागि मंसिर १२ गते ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’

Saturday, November 25, 2023 National Power

काठमाडौं– दुई दशकदेखि नेपाली विद्यार्थीहरुको परामर्शसहितका सेवामा सक्रिय एजुकेशन प्लानेट प्रा.लि. (इ–प्लानेट) ले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम बागबजार, काठमाडौंस्थित इ–प्लानेटको मुख्य कार्यालय भवनमा आयोजना गरिनेछ । मंसिर १२ गते मंगलवार बिहान १० बजदेखि अपह्रान्ह ४ बजेसम्म ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त कार्यक्रममा अस्ट्रेलियाका सर्वश्रेष्ठमा गनिने मध्येका Macquarie University, La Trobe University, University of Newcastle, University of Tasmania, Australian Catholic University, UTS College, ICHM तथा ATMC ले सहभागिता जनाउने छन् ।

यी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंगको प्रत्यक्ष भेटघाट तथा कुराकानीले विद्यार्थीहरुलाई आफूले पढ्ने विषय, उपलब्ध छात्रवृत्ति तथा भविष्यका अवसरहरुका बारेमा स्पष्ट ज्ञान हुने विश्वास आयोजक इ–प्लानेटको रहेको छ ।

यसका साथै कार्यक्रममा सहभागिले आईइएलटिएसरपिटिआई कक्षामा ५० प्रतिशत छुट तथा एक हजार रुपैयाँ बराबरको गोल्डेन कुपन पाउन सक्ने सुविधा उपलब्ध गराएको छ ।

इ–प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेले यही मंगलवार हुने मेगा इन्फर्मेसन डे आयोजना गर्न पाउँदा खुशी व्यक्ति गर्दै एजुकेशन प्लानेटले विद्यार्थीहरुलाई परामर्श सेवामात्र नभई सहभागि हुने इच्छुक विद्यार्थीहरुलाई आइईएलटिएस तथा पिटिई कक्षाहरुमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कुरामा पनि जोड दिन्छन् ।

लामिछानेले अस्ट्रेलियामा अध्ययन गर्ने अथवा आफ्नो अस्ट्रेलिया अध्ययनको सपना साकार बनाउने प्रकयामा रहेका सबै उत्साहित विद्यार्थीहरुलाई इन्फर्मेसन डेमा हार्दिक स्वागत गरेका छन् ।

हामीले सबैका लागि ठूलो अवसर प्रस्तुत गर्दै यो मेगा इन्फर्मेशन डेमा ख्यातिप्राप्त संस्थाहरुलाई एउटै थलोमा उपस्थित गराउन पाउँदा गौरवान्वित महसुस गरिरहेका छौं, लामिछाने भन्छन्– ‘हामी सबै विद्यार्थी तथा अभिभावकहरुलाई मंसिर १२ गते मंगलवार ई–प्लानेटको बागबजारस्थित प्रधान कार्यालयमा स्वागत गर्न तयार छौं । यो अवसर नगुमाउनु होस्, सबैलाई भेट्नु होस् ।’

ई–प्लानेटका कार्यकारी अध्यक्ष लामिछानेले मंगलवार आयोजना हुने इन्फर्मेशन डेमा सहभागिता जनाएर आफ्नो अस्ट्रेलियाली अध्ययन लक्ष्यहरु अगाडि बढाउने यो असाधारण अवसरहरुको फाइदा लिन आग्रह गरेका छन् । लामिछानेका अनुसार यो कार्यक्रममा सहभागिता जनाएर विद्यार्थीले छात्रवृत्ति तथा परीक्षाहरुमा छूट त प्राप्त गर्ने छन् नै, यसका साथै प्रतिष्ठित अस्ट्रेलियाली यूनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसंगको संवाद अमूल्य सावित हुन सक्नेछ ।

‘अस्ट्रेलियाबाट आउने विशेषज्ञहरुले उताका विश्वविद्यालयको जीवन, पाठ्यक्रमका सिमाहरु तथा स्नातक उत्तिर्ण गरिसकेपछि करियरका सम्भावनाहरुका बारेमा समेत जानकारीहरु उपलब्ध गराउने छन्, लामिछाने भन्छन्– ‘उनीहरुको मार्गदर्शनले नेपाली विद्यार्थीको चासो तथा महत्वकांक्षासंग साक्षात्कार गराउने छ ।’

अस्ट्रेलियाका विश्वविद्यालयहरुले अत्याधिुनिक अनुसन्धान तथा नवीन शिक्षण विधिहरका लागि प्रतिष्ठित विश्वव्यापी प्रतिष्ठा कायम राहेका छन् । अस्ट्रेलियामा प्रदान गरिने शिक्षाले नेपाली विद्यार्थीलाई बहुसांस्कृतिक तथा सृजनात्मकता मनाउने जीवन्त संस्कृतिमा डुबाएर विद्यार्थीलाई माग अनूकुलका सीपहरु प्रदान गर्ने लामिछानेको बुझाइ छ ।

लामिछाने भन्छन्– ‘त्यसैले अस्ट्रेलियामा आफूले अध्ययन गर्ने कोर्षको बारेमा स्पष्ट जानकारी प्राप्त गर्न, आवेदन प्रकृया बुझन तथा विदेश यात्राको तयारी गर्न ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ उपयुक्त थलो हुनेछ । यसबाट प्रत्येक विद्यार्थीले लाभ लिन सक्नु हुनेछ । इन्फरमेशन डेमा सहभागिता जनाएर तपाईंले आफ्ना दीर्घकालिन लक्ष्यहरुसंग मेल खानेगरी अस्टेलियाली शिक्षामा लगानी गर्ने बारे उचित निर्णय लिन सक्नु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’

Event Details
Date: November 28, 2023
Time: 10:00 AM – 4:00 PM
Venue: E-Planet Headoffice, Bagbazzar, Kathmandu (near KMC College)
Contact: 01-5339656/57
Email: info.nepal@eplanet.edu.np
Web: www.eplanet.edu.np
Registration Link: [https://bit.ly/3ql0p6A]