
काठमाडौं – नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ प्रसिद्ध गायक कन्हैया सिंह परियार र गायिका ‘स्वरमाधुरी’ अन्जना गुरुङको स्वरमा रहेको नयाँ गीत ‘मुखिया राजा’ सार्वजनिक गरिएको छ। गीत हालै कन्हैया सिंह परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा भीष्मराज फुलाराको शब्द रचना रहेको छ भने सङ्गीतकार राजेन्द्र बजगाईंले आकर्षक सङ्गीत भरेका छन्। मनोज परियारले गीतको मिक्सिङ गर्दै समग्र प्रस्तुतीलाई थप सशक्त बनाएका छन्। यस गीतमा प्रमोद डिजी, रिस्ता थापा र सृजना देवकोटाको सामूहिक स्वरले गीतलाई अझै जीवन्त बनाएको छ।
भिडियो पक्ष पनि उत्तिकै सशक्त देखिन्छ। सुनिल बिकको निर्देशनमा तयार गरिएको भिडियोमा कलाकार प्रदीप लामा र अपेक्षा सिंहको अभिनय देख्न सकिन्छ, जसले गीतको कथालाई दृश्यात्मक रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। पवन सुस्लिङको छायांकनले ग्रामीण परिवेश र कथावस्तुलाई सुन्दर तरिकाले कैद गरेको छ भने सुप्रीम पराजुलीको सम्पादनले भिडियोको गति र प्रस्तुतीलाई सन्तुलित बनाएको छ।
गीत निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूप्रति पनि निर्माण टिमले आभार व्यक्त गरेको छ। विशेष रूपमा गीता परियार, अनुप सिंह, लम्ली गुरुङ, टिका गोपाल डिजिटल तथा एम क्रियशनलाई धन्यवाद ज्ञापन गरिएको छ।
‘मुखिया राजा’ गीतले नेपाली समाजको परिवेश, भावना र कथालाई समेट्ने प्रयास गरेको देखिन्छ। संगीत, शब्द र दृश्यको संयोजनले दर्शकलाई मनोरञ्जन मात्र नभई भावनात्मक रूपमा समेत जोड्ने अपेक्षा गरिएको छ।

काठमाण्डौ- लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठ ले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उल्लेखनीय योगदान दिँदै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि लेखन र कलाप्रति उनको लगाव कहिल्यै घटेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्।
व्यस्त जीवनशैलीका बाबजुद पनि रिमा श्रेष्ठले नेपालका थुप्रै चर्चित गायक–गायिकासँग सहकार्य गरिसकेकी छिन्। जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई, किरण गजमेर लगायतका कलाकारहरू छन्। रिमा श्रेष्ठ भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनका सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेका छन्।
विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन्। विगत ६ वर्षदेखि Kansas City Nepalese Society मा सल्लाहकारको रूपमा योगदान दिँदै आएकी उनी नेपाली संस्कृतिको जगेर्नामा सक्रिय छिन्। उक्त संस्था नयाँ वर्ष, तीज, होली, दशैं, देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
हालै मात्र रिमा श्रेष्ठले रचना गरेको गीत “याद” सार्वजनिक भएको छ। यस गीतमा प्रमोद खरेल को स्वर, रविन्द्र पौडेल को संगीत, र म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल, कृतिका बस्नेत को अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सोनाम पाख्रिन, छायांकन दिनेश पराजुली, र सम्पादन विकास दाहाल ले गरेका छन्। “याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
गीतकार रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा यति धेरै योगदान पुर्याएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, उनका सिर्जनाहरूले समाजमा अझ गहिरो छाप छोड्न सकोस् भन्ने कामना गरिएको छ।

काठमाडौं – नेपाली दर्शकवर्गका प्रिय नायक प्रवण भुसाल को अभिनय रहेको नयाँ आधुनिक गीत ‘फुलै फुलको’ आइतबार सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक हर्कुलेश बस्नेत को स्वरमा रहेको यो गीत बसन्त सापकोटा युट्युब च्यानल मार्फत रिलिज भएको हो।
गीतको म्यूजिक भिडियोमा नायक प्रवण भुसालसँगै पूजा कार्की ले अभिनय गरेकी छन्। भिडियोमा दुई नव जोडीको रोमान्टिक माया र सम्बन्धलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतको संगीत बसन्त सापकोटा द्वारा तयार गरिएको छ भने र्याप श्रृजना खत्री (‘हाउडे माया’) र बिवेक रनापेहिली ले दिएका छन्। गीतका शब्द सूर्यनारायण पेलिस, एरेन्ज पुष्कर सुनुवार, मिक्सिङ विप्लव अधिकारी, र रेकर्डिङ मेलोडी नेपाल मा गरिएको छ।
म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक दीपेश सापकोटा ले गरेका छन्। छायांकन निर्बेश बराल, मेकअप विक्रम थापा, र निर्माण उमेश श्रेष्ठ द्वारा गरिएको छ। रिलिज भएसँगै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।
विशेषगरी प्रेम र रोमान्सको भावनालाई केन्द्रित गर्दै तयार गरिएको यस गीतले नेपाली आधुनिक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने अपेक्षा गरिएको छ।

काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन ।
महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा बाबु र छोरी विचको प्रगाढ मायालाइ देखाईएको छ । यस गीतका गायक गायिकामा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवा हनु । सुमाम्साले यस गीतमा स्वरमात्र दिएकी छैनन फिचर पनि भएकी छिन । यस गीतको मर्मस्पर्शी भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा फिचर भएका छन ।
६ मिनेट २६ सेकेण्ड लामो यस भिडियोमा संघर्षशिल एक परिवार जहाँ बाउ र सानी छोरी छन । त्यहाँ दुवैको सपना र विश्वासलाई बलियो रुपमा देखाइएको छ । अझ सुमाम्साको जिवन्त अभिनयले भिडियोलाई गहकिलो बनाएको छ । सुमाम्सा अष्ट्रेलियामा जन्मिएर उतै हुर्किए पनि उनको स्वरमा नेपाली लवज र अभिनयमा नेपालीपन आउनुले पनि उनीमा नेपाल, नेपाली भाषा संस्कृती र कला प्रतिको माया कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।
सुमाम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखी नाचगान,गीत संगीतमा विशेश रुची राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटक (ड्रामा) को प्रशिक्षण तथा नृत्य पशिक्षण कक्षा पनि लिइरहेकी छिन । उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षणमा पनि विगत केही बर्षदेखी लिइरहेकी छिन । सुमाम्सा मेधाबी विद्यार्थी पनि हुन् उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यार्थीहरुमध्येमा चयन भएकी छिन ।

काठमाडौँ – एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।
निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”

काठमाडौँ – अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे … को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका सार्वजनिक गरेकी हुन् । यो गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेर ल्याएकी हुन् ।
अढाई दर्जन गीत गाईसकेकी सरिताको तीजको लागि यो दोस्रो गीत हो । यस अघि पाँच वर्ष पहिला उनले तीज गीत रातो सारी लरक्कै…. आफ्नो स्वरमा बजारमा ल्याएकी थिईन् । यस पटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर आफूले तीजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको ल्याएको गायिका सरिताले बताईन् । यो गीतको शब्द पनि सरिताकै हो । यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
नाच्न दे…..गीतमा संगीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको संगीत संयोजन पनि ओमकै हो । यस अघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन दर्शकमाझ ल्याएका थिए । सो गीत रिलिज भएको आठ महिना पछि ओमको संगीतमा सरिताले नयाँ गीत नाच्न दे…….को भिडियो यतिबेला सार्वजनिक गरेकी हुन् ।
यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् । गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।
मच्छेगाउँको आश्रय होमस्टेमा यसको छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन् । भिडियोको सम्पादन पनि पाण्डेकै हो । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियाग्राफी गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले सरितासँग यस अघि पनि दुई वटा गीतमा कोरियोग्राफी गरिसकेका थिए । यी दुईले तेस्रो पटकसँगै काम गरेका हुन् । यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ ।

काठमाण्डौ– भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पति प्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।
उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाकोसंगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ । निर्देशक खरेलका अनुसार, ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडियोमा चलचित्रका अभिनेता संजीत भण्डारी र कञ्चन चालिसेले अभिनय गरेका छन् भने गायिका पौडेल स्वयंम् पनि उक्त गीतमा गायिकाकै रुपमा देखिएकी छिन् ।
चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबीचको अन्तरद्धन्द्धमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको हो ।

चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । भीएफएक्स समिर मियाँले गरेका छन् । ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठले गरेका हुन् । चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत रहेको थियो भने शिवताण्डवमा बसन्त अर्यालको स्वर समावेश गरिएको छ । शिवताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् भने चलचित्रको द्वन्द्व निर्देशन किरण दाहालको रहेको छ । पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार गरेका छन् ।
सञ्चारकर्मीहरुसँगको भेटघाटमामा चलचित्रसँग आवद्ध कलाकार, निर्माता, संगीतकर्मी लगायतले गीत र चलचित्रको सन्दर्भमा धारणा व्यक्त गरेका थिए । चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशभर प्रदर्शनमा आउँदैछ । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी विष्णु सुवेदीले गरेका थिए ।


काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो बजारमा आएको छ ।
लोकप्रिय सङ्गीतकार गायक नरहरि प्रेमी र पछिल्लो समयकी चर्चित गायिका दिपिका बयम्बूको स्वर रहेको यो गीत पुष्पा पौडेलले रचना गरेकी हुन् । सङ्गीत उदियमान सङ्गीतकार अनिल श्रेष्ठको र सङ्गीत संयोजन तथा मिक्सिङ तथा माष्टरिङ कृष्ण बाजुरालीको रहेको छ । गीतको रेकर्डिङ कार्य ‘म्युजिक एरा’ स्टुडियोमा भएको हो ।
बहुआयामिक छवि बनाएका सङ्गीतकार गायक नरहरि प्रेमीले गायनका साथै अभिनय पनि आफैंले गर्न भ्याएका छन् । यस गीतको भिडियोमा जसमा उनलाई गीतकार पुष्पा पौडेलले साथ दिएकी छिन् । हाँस्य रसको मिठासले भरिपूर्ण यो म्युजिक भिडियो निकै मनोरञ्जक पनि छ । गायक तथा संगीतकार नरहरि प्रेमीको अभिनय दक्षतासंग धेरैजसो दर्शक परिचित नै छन् , तथापि यो ‘भाँडा बजाउने’ गीतको भिडियो हेरिरहँदा नरहरि कुनै चलचित्रमा हाँस्य पात्रको रुपमा अभिनय गरिरहेको जस्तो लाग्छ । त्यसो त पुष्पा पौडेलको अभिनय पनि कम छैन । दुबै कलकारहरुको अभिनय सशक्त र सन्तुलित रहको छ । म्युजिक भिडियोको निर्देशक राजकुमार हुन् । उनको निर्देशकीय भूमिकाको विशेष र अहम् महत्व रहेको कुरा सहजै अड्कल काट्न सकिन्छ । निर्देशन संगसंगै सम्पादनमा पनि खरो उत्रिएका छन् राजकुमार ।
तीज आउन अझै केही समय बाँकी भएता पनि यो ‘भाँडा बजाउने’ गीत सुन्दा र हेर्दा तीज हाम्रो घर दैलोमै आईपुगेको हो कि जस्तै छनक पाइन्छ । भिडियो सुन्दर देखिनुमा क्यामेरा पर्सन खेम थापाको र मेकअप आर्टिष्ट बिमला सापकोटाको कला कौशलको महत्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यो तीज गीत र भिडियो श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको छ ।

काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।
सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।
चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।
प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

काठमाण्डौ – अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, मोडल आराध्यालक्ष्मीले भनिन्।
आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । कोरियोग्राफरमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छिन् । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड आफनु नाम समेत राख्न सफल भएकी छन् । उनले गीतलाई उडिरहेको प्लेनमा तथा र प्यारागलाइडिङ समेत विमोचन गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।