Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पन्जावको प्लेअफमा पुग्ने आशा कायमै

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, भारत – आइपिएल १० अन्तर्गत गए राती भएको खेलमा पन्जावले कोलकतालाइ पराजित गरेको छ । यो जितसंगै पनजावको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ । टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले सार्वाधिक ४४ रन बनाए त्यस्तै रिद्धिमान साहले ३८ रनको योगदान दिए । कोलकताको लागि क्रिस वक्स, कुलदीप यादवले २–२ विकेट लिए ।

जवाफमा कोरकताले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । उसका लागि ओपर क्रिस लिनले सर्वाधिक ८४ रन बनाए पनि अन्यले उल्लेखनीय योगदान दिन सकेनन् र खेल १४ रनले गुमायो ।