Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

Friday, December 12, 2025 National Power

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७ विमान खरिद गर्ने भएको छ। डिएचएसले बुधबार यस सम्बन्धी सम्झौता भएको पुष्टि गरेको हो।

डिएचएसकी प्रवक्ता ट्रिशिया म्याकलफलिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै विमान खरिदपछि इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अझ प्रभावकारी र कार्यकुशल उडान मार्ग अपनाएर आफ्नो कामलाई सुदृढ गर्ने बताइन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएम गैरकानुनी अवस्थामा रहेका आप्रवासीहरूको छिटो निष्कासनमा प्रतिबद्ध रहेको जिकिर गरिन् ।

वाशिङटन पोस्टमा प्रकाशित रिपोर्टअनुसार आइसले यसअघि चार्टर विमानमा निर्भर रहँदै आएको देशनिकाला उडानहरू अब आफ्नै विमानमार्फत सञ्चालन गर्ने तयारी गरेको हो । विमान खरिदका लागि आवश्यक रकम ट्रम्पले जुलाईमा हस्ताक्षर गरेको रिपब्लिकन पार्टीको कर तथा बजेट विधेयकअन्तर्गत विनियोजित १७० बिलियन डलरको कोषबाट खर्च हुँदैछ। यस कदमले करदाताको करिब २७९ मिलियन डलर बचत हुने प्रवक्ता म्याकलफलिनको दाबी छ।

विमान खरिदका लागि गरिएको सम्झौता भर्जिनियामा २०२४ फेब्रुअरीमा स्थापित डेढालस एभिएसन कर्पोरेशनसँग गरिएको हो। कम्पनीले सरकारी निर्देशनमा विमान उद्धार, चार्टर सेवा र संवेदनशील अन्तर्राष्ट्रिय प्रत्यावर्तनजस्ता सेवा प्रदान गर्दै आएको छ ।ह्यूमन राइट्स फर्स्टको आइस फ्लाइट मनिटर रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प पदमा पुनः फर्किएपछि अक्टोबर ३१ सम्म १ हजार ७०१ देशनिकाला उडान भइसकेका छन्।