Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

Tuesday, December 9, 2025 National Power

काठमाडौँ -चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । मंसिर २० गते शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ ।

परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । यस अवधिमा परानको टिकट ५ लाख ९८ हजार ३०९ वटा बिक्री भएको छ । त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । जेरी अन टपको अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बिक्री भएको छ ।

त्यस्तै जारी–२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । जारी–२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्री भएको छ । त्यस्तै फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । फिल्मको मन एक लाख ४५ हजार ५९ टिकट बिक्री भएको छ । त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ । फिल्मको ८ हजार ४३६ मात्र टिकट बिक्री भएको छ ।