Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

घिमिरेको अध्यक्षतामा डेरी एसोसिएसन बागमती प्रदेशको नयाँ कार्यसमिति चयन, संचारकर्मी ओझासहित सम्मानित

Friday, December 20, 2024 Devil Singh Rajput

काठमाडौं – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थापक सदस्य राजन प्रसाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, केन्द्रीय सदस्य शिव घिमिरे, नवराज तिमिल्सिना, रवि थापा लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले सबै डेरी व्यवसायीहरू एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। संस्थापक सदस्य राजन दाहालले स्थापना कालदेखि नै नेपाल डेरी एसोसिएसन दुग्ध क्षेत्रको विकास र हितमा निरन्तर क्रियाशील रहेको बताए। एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले जुनसुकै परिस्थितिमा पनि दुग्ध क्षेत्रको सर्वपक्षीय हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि डा. यादवले दुग्ध विकासका लागि सबै सरोकारवालाहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष गोपाल तिमिल्सिनाले राखेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष ध्रुव तिवारीले गरे। कार्यक्रममा कार्यपत्र प्रस्तुतिमा गम्भीर छलफल गर्दै अनुमोदनसहित बन्द सत्र समापन भएको थियो। साथै, दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूलाई सम्मान गरियो। सम्मानित पत्रकारहरूमा सरोज ओझा,  प्रमिला खतिवडा, राजु भट्ट, र अनुप आचार्य थिए।

तेस्रो अधिवेशनले टिका प्रसाद घिमिरेको अध्यक्षतामा पुन: दोस्रो कार्यकालका लागि नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिमा उपाध्यक्ष ध्रुव तिवारी र गोपाल तिमिल्सिना, सचिव श्याम घिमिरे, कोषाध्यक्ष दिपक सन्जेल, सहसचिव टेक तिमिल्सिना, सह-कोषाध्यक्ष राज कुमार वाइबा, र सदस्यहरू भानु श्रेष्ठ, ज्ञान रत्न तामाङ, अजित बजगाई, र भुवन थापा चयन भएका छन्।

त्यसैगरी, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला कार्यसमिति तर्फ अध्यक्ष जयराम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्ष लिलानाथ दाहाल, सचिव देवराज बजगाईं, सहसचिव केदार (चेतनाथ दाहाल), कोषाध्यक्ष प्रकाश काराखेती र सदस्यहरू भिमसेन घिमिरे, कुल प्रसाद धमला, श्याम प्रसाद तिमिल्सिना, र चन्द्र कुमारी के.सी. (बाँस्तोला) कार्यसमितिमा चयन भएका छन्।

कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई मायाको चिनोस्वरूप घ्यु उपहार प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन सचिव श्याम घिमिरेले गरेका थिए।