Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

मैत्रिय फाउण्डेनशनका बालबालिकाले भारतमा कराँते खेल्दै

Friday, November 22, 2024 National Power

काठमाण्डौ – मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका छन् ।

यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना हुने उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्नेमा आफु विश्वस्थ रहेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् ।

उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा फाउण्डेशनकी अध्यक्ष पोख्रेललाईनै निमन्त्रणा गरिएको छ । ललितपुरको बाँडेगाँउमा रहेको फाउण्डेशनले आफ्नो वालवालिकाहरुलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै सक्रिय गराउदै आइरहेको छ ।