Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता  हुने

Sunday, November 10, 2024 Devil Singh Rajput

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता  हुने भएको छ । मङ्सिर २९ र ३० गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरू सहभागी हुन पाउने छन् ।

प्रतियोगिताको लागि सहभागी हुन कात्तिक २५ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम समय मङ्सिर २५ गतेसम्मलाई तय गरिएको छ । एउटा टिम दर्ताका लागि तीन हजार पाँच सय शुल्क लाग्ने प्रतियोगिताका संयोजक राजेश श्रेष्ठले बताउनुभएको छ ।

विजेता टिमलाई ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् । त्यस्तै, रनरअप टिमले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था हुने आयोजकले जानकारी दिएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि–क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता पिक प्वाईन्ट एल्मुनाइद्वारा आयोजना गरिने फुटसलको दोस्रो  संस्करण हो ।