Saturday 18th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण

Sunday, April 21, 2024 National Power

काठमाडौं –  नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।

क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ  (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।

नेपालमा प्रशस्त जिम सेन्टरहरु खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ ।

‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरु पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरु पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’

जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । प्रबन्ध निर्देशक शाहीका अनुसार जिम ट्रनेर प्रशिक्षण लिएपछि ती व्यक्तिले एसीई सर्टिफिकेटका अलावा पर्सनल ट्रेनर सर्टिफिकेट (लेवल–४), ईआरईपीएस ९मेम्बर्स सर्टिफिकेट–लेवल ४, एसपीईएफएल–एससी सर्टिफिकेट लेवल ४ र सीपीआर जस्ता अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त सटिफिकेट पाउने छन् ।

ईआरईपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरु पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुन् । हाल जिम ट्रेनरको क्लास भइरहेको छ । तर, औपचारिकरुपमा भने बैशाख १७ गतेदेखि मात्र सुरु हुने क्लासिक फिटनेश एकेडेमीले जनाएको छ । जिम ट्रेनर तीनमहिने प्रशिक्षण हुनेछ ।