Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पाँचौं पिम नेपाल फिल्म फेस्टिबल आजबाट काठमाण्डौमा सुरु

Wednesday, June 28, 2023 National Power

काठमाडौं- काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।

महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको हो ।

सोही समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पु¥याएबापत सम्मान गरियो । महोत्सब आयोजक संस्था पिम नेपालका अध्यक्ष, फेष्टिवलका निर्णायक प्रमुख एवं चलचित्र निर्देशक माधवराज खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘नेपालमा सरकारी क्षेत्रका चलचित्र सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरु हुन नसकेको अबस्थामा हामीले यस्ता महोत्सब गरेर सिनेमा उधोगलाई प्रोत्साहन गरेका छौं । महोत्सबमा प्राप्त सिनेमाहरुले बिगतमा झैं यसपटक पनि दर्शकको मन जित्नेमा हामी विश्वस्त छौं ।’ महोत्सबमा प्राप्त सिनेमाहरुले बिगतमा झैं यसपटक पनि दर्शकको मन जित्नेमा हामी विश्वस्त छौं ।’
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष महोन निरौलाले पिम नेपालले महोत्सब तथा विभिन्न अवार्ड मार्फत नेपाली चलचित्र तथा गीत संगीतमा दिएको योगदान प्रसँसनीय छ भने ।

यस्तै महोत्सबका क्रियटिभ डिरेक्टर एवम् सञ्चारकर्मी शान्तिप्रियले उद्घाटन समारोहलाई सम्बोधन गर्दै एक दशक अघि सर्ट फिल्म फेस्टाबाट सुरु भएको फिल्म महोत्सबलाई अनुसरण गर्दै पिमले पनि आयोजना गर्दै आएको बताए । राज्यले कत्ति पनि सहयोग नगरेको अबस्थामा पनि यस्ता महोत्सबहरु आयोजकले जेनतेन सञ्चालन गर्दै आएको बताए । पिम नेपाल फिल्म फेस्टिबलकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीले महोत्सबमा प्रदर्शन हुने सिनेमाको बारे जानकारी गराईन् ।

यसपटक महोत्सबको उद्घाटन समारोहमा दिनेश राउत निर्देशित तथा प्रदीप खड्का अभिनित चलचित्र प्रकाश प्रदर्शनी गरियो । यस्तै बुधबार नै महोत्सबमा प्रकाशपछि ऐना, नेपाल भाषाको फिल्म उच्च शिक्षा र मैथली भाषाको चलचित्र फु प्रदर्शन गरियो । शुक्रबारसम्म चल्ने यो महोत्सबमा यसपटक नेपाली, नेपालभाषा, तामाङ, मैथली, भोजपुरी गरी ढेड दर्जन लामा तथा छोटा चलचित्र र बृत्तचित्र प्रदर्शन हुँदैछन् ।
जसमा बिहिबार तामाङ चलचित्र आप्लेङग ला नाम्सा चलचित्र डेसान, भोजपुरी चलिचत्र मधेश पुत्र २, मैथली चलचित्र समय के खेला लगायत लामा तथा छोटा चलचित्रहरु प्रदर्शन गरिने भएको छ । यस्तै शुक्रबार महोत्सबमा चलचित्र बगान र लाखे प्रदर्शनी हुने भएको छ । अवार्ड प्रदान गर्दै असार पन्ध्र मनाउदै महोत्सब शक्रुबार सम्पन्न हुने बताईएको छ ।