Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नवौँ संस्करणको “निम अवार्ड”को लागीआवेदन आव्हान

Wednesday, March 11, 2026 National Power

काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीले जानकारी दिनुभएको छ ।

देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहँदै आएको निम अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीत–संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्यामा विभिन्न भाषाका गीतहरूको उत्साहजनक सहभागिता भएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिइन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको यस अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू (चौधरी), शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत तथा भिडियोहरू सहभागी हुँदै आएका छन्। यस वर्ष पनि ती भाषा तथा भाकाका गीत–संगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जनाएको छ ।

अंग्रेजी क्यालेन्डरअनुसार सन् २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका (एक वर्षभित्रका) गीत तथा म्युजिक भिडियोहरू उक्त अवार्डमा सहभागी हुन योग्य हुनेछन् ।

ईरा प्रोडक्सन प्रा.लि.कोे व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका आवेदन फारामहरू आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनेछन् । साथै एभेन्टोज डिजिटलको अनलाइन माध्यमबाट पनि फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।

online form LINK: https://service.aventoz.com/formBooking/676ce00e2378d1735188494

गीत दर्ताका लागि आवेदनको अन्तिम मिति चैतको दोस्रो सातासम्म तोकिएको आयोजक समितिले जनाएको छ ।