Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा

Wednesday, September 14, 2022 National Power

काठमाडौं -‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए ।
यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले म्पन्न ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् ।
इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत्री र एन्जल केसीले तथा सेकेन्ड रनरअपको उपाधि युग श्रेष्ठ र श्रेता पौडेलले हाँसिल गरेका छन् ।
प्रतियोगितामा अन्य उपाधी तर्फ पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । जसमा सिनियर तर्फ बिपस्वी श्रेष्ठले मस्ट कन्फिडेन्ट, लिभा शाक्यले फोटोजेनिक, सायरा भट्टले पपुलर र ट्यालेन्ट, आश्रीया भट्टराईले बेस्ट पर्सनालिटी, श्रेयसी पन्डितले ब्युटिफुल, सुनिभा पाण्डेले गुड लिस्नर, अग्रिम बिक्रम सिजापतिले मस्ट हेन्डस र बेस्ट वाक, अर्नव श्रेष्ठले फोटोजेनिक, ट्यालेन्ट र पपुलर तथा दिव्यरत्न डँगोलले स्टाईलिस्टको उपाधि हाँसिल गरे ।

यसै गरी सो प्रतियोगितामा जुनियर तर्फ देभान्सी जोधानीले गुड लिस्नर, दिब्यँगना डँगोलले मस्ट डिसिप्लेन, लेवाना तुलाधरले फोटोजेनिक र क्युटिपाई, नियाना अग्रवालले मस्ट रेस्पोन्सिवल, प्राश्ना कोईरालाले मस्ट हार्डवर्क, एन्जल केसीले बेस्ट लिडरसिप, इल्सा श्रेष्ठले मस्ट हेल्पफुल, स्नेहा शाक्यले बेस्ट स्माईल, आराध्य जोशीले गुड कम्युनिकेटर, सान्बी भट्टराईले मस्ट फेन्डली, साम्राज्ञी बुढाथोकीले बेस्ट पर्सनालिटी, आर्या महर्जनले बेस्ट वाक, युरेका प्रधानले मस्ट स्टाइलिस्ट, अल्वेन राज्यलक्ष्मी राणाले मस्ट एक्टिभ, श्वेता नगरकोटीले मस्ट कन्फिडेन्ट, आर्या शाक्यले मस्ट क्रियटिभ, रोजश्री केसीले मस्ट ब्युटिफलको उपाधि प्राप्त गरे ।
यस्तै जुनियर तर्फ नै सदीक्षा श्रेष्ठले मस्ट इन्टेलिजेन्ट, श्रेता पौडेलले मस्ट पपुलर र ट्यालेन्ट, हिमाँसु क्षत्रीले गुड कम्युनिकेटर, विभान अग्रवालले हार्डवर्किङ र इन्टेलिजेन्ट, रियुस सिल्पकारले मस्ट फेन्डली, उक्सिद साया प्रजापतिले फोटोजेनिक, सामर्थ श्रेष्ठले मस्ट पपुलर र बेस्ट पर्सनालिटी, स्पन्द बिसीले कन्फिडेन्ट, युग श्रेष्ठले लिडरसिप र मस्ट क्रियटिभ, लक्ष्य जैनले मस्ट एक्टिभ र स्टाईलिस्ट, सुहास पुनले बेस्ट वाक र ट्यालेन्ट, सुप्रभ हाडाले मस्ट रेस्पोन्सिवल र सक्सेस जमकटेलले मस्ट ह्यान्समको उपाधि हाँसिल गरे ।
सो प्रतियोगिताको निर्णायकमा गायक सञ्जय श्रेष्ठ, अभिनेताद्धय गजित बिष्ट र बीरेन्द्र हमाल, फुटवल खेलाडी हरि खड्का, डा। दीपेश शाक्य, मोडल स्मारिक शर्मा, दीपक घिमिरे, कोरियोग्राफर जयन सुब्बा मानन्धर, महेश केसी र रुस्का श्रेष्ठ थिए । सो प्रतियोगिताको कोरियोग्राफी स्वस्तिका राजभण्डारीले गरेकी थिईन् । ग्रान्ड फिनाले समारोहमा गायक धिरज राई, डान्सर गोमा न्यौपाने, मिना गिरी, रोहित थापा, कमेडियन महादेव त्रिपाठी, राजेन्द्र गिरीलगायतले आफ्नो प्रस्तुति दिएका थिए ।