Saturday 8th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

नायक तथा मोडल सन्जित भण्डारीको अभिनयमा ‘माया छरेर’ सार्वजनिक (भिडियो)

Tuesday, April 12, 2022 National Power

काठमाडौं – चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो ।
गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो थोरै समयमा नै सवैले रुचाएका छन ।