Wednesday 1st April 2026

    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न

नायक तथा मोडल सन्जित भण्डारीको अभिनयमा ‘माया छरेर’ सार्वजनिक (भिडियो)

Tuesday, April 12, 2022 National Power

काठमाडौं – चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो ।
गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो थोरै समयमा नै सवैले रुचाएका छन ।