Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अब ७० दिन बस चढेर दिल्लीबाट लन्डन पुगिने, कति लाग्छ भाडा ?

Thursday, February 17, 2022 National Power

एजेन्सी -भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले २० हजार किलोमिटर लामो बस यात्रा सञ्चालन गर्दैछ।कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लन्डनसम्‍म चल्ने बस सञ्चालन गर्ने भएको हो।विभिन्न रिपोर्टहरू अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ। यो बस म्यानमार, थाइल्यान्ड, लाओस, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्दा १८ देशको सडकमा गुड्नेछ।

दिल्लीदेखि लन्डनसम्म चल्ने बसको अवधारणा एड्भेन्चर ओवरल्यान्डका सह-सञ्चालक सञ्जय मदन र तुसार अग्रवालले ल्याएका हुन्।उनीहरूले सन् १९५० देखि १९७० को दशकमा युरोप र एसियाको रूटमा चल्ने म्याजिक बसबाट प्रभावित भएर दिल्लीदेखि लन्डनसम्म बस यात्रा सञ्चालन गर्न लागेको लोन्ली प्लानेट रिपोर्टले जनाएको छ।सन् १९५० देखि १९७० दशकमा कलकत्तादेखि लन्डनमा बस चल्थ्यो। यो यात्रा ४५ दिनको थियो। तर बस दुर्घटनामा परेपछि उक्त सेवा बन्द गरियो।

एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरू हुने बताइएको छ। दिल्लीबाट लन्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ। उनीहरूलाई यात्राक्रम विभिन्न देशका प्रख्यात ठाउँहरूमा घुमाइनेछ।यात्राका लागि तयार पारिएको यो बसमा वाई(फाई, बिजनेस क्लास सिटहरू, युएसबी पोर्ट, विद्युतीय प्लगहरूलगायत विशेषताहरू समावेश गरिएको छ।यसमा यात्रुको गोपनीयताका लागि सिटहरू बीच विभाजनहरू समेत गरिएको छ। त्यस्तै, बसमा पेय पदार्थ र खाजाका लागि कुलरसहितको मिनी प्यान्ट्री पनि पाउन सकिन्छ।

यात्रालाई आवश्यक सामग्री राखेर प्रत्येक यात्रुले दुई वटासम्म ठूलो सुटकेस लग्न सक्नेछन्। सामग्री सुरक्षाको लागि बसमा निजी लकर पनि दिइनेछ।प्रत्येक व्यक्तिले यो बस यात्राको लागि भारू १५ लाख अर्थात् नेपाली करिब २४ लाख रूपैयाँ भाडा तिर्नुपर्ने हुन्छ। यसैमा गाडीको टिकट, भिसा, बस्ने-खानेको सुविधालगायत सेवाहरू समावेश गरिएको छ।