Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल भव्य रुपमा सम्पन्न, चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

Saturday, December 4, 2021 National Power

काठमाण्डौ -नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए ।
त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया)। स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।

कार्यक्रममा कलाकार प्रेम पाण्डे, झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राज लुईटेल,ईभेन्ट डाईरेक्टर तथा कार्यक्रम व्यबस्थापन संघ नेपालका अध्यक्ष लब वहादुर कार्की, पेजेन्ट डाईरेक्टर निशुकान्त झा, संचारकर्मी राजन थापा लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मान समेत प्रदान गरेको थियो । साथै उक्त महोत्सवमा विभिन्न राष्ट्रबाट चलचित्र कर्मीहरुका साथै समाजसेवी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधातमक सहभागीता जनाएका थिए ।

नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन संचालन भएको कार्यक्रममा आयेजनामा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी वताएका थिए ।

यूवा तथा खेलकुद मन्त्री माननिय महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल के.सी. लगाएतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।