Saturday 4th May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक

Tuesday, November 16, 2021 National Power

काठमाण्डौँ- भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ । यस् भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम द्रिश्यलाई कैद गरिएको छ । अहिलेको नयाँ पुस्ताले पनि भजन सुन्नु पर्ने र गाउंदा पनि एउट धर्मिक आस्था हुने भने अर्कोतिर मन पनि शान्त रहने कुरालाई मध्यनजर गर्दै आफुले भजनहरु बजारमा ल्याएको कुरा गायक कंडेलले बताए ।

गीतमा सिन्चुरी सुरेश गमालको शब्द, संगीतकार महेश ज्ञवालीको संगीत, सञ्जय हमालको संगीत संयोजन ९एरेन्ज०, सञ्जीव मैनालीको बांसुरी बादन, सञ्जीव सुब्बाको गीतार र खडग बुढा मगरको मादल बादन रहेको छ ।   स्वयम गायक शशान कँडेलकै निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा देव के सी, महेश ज्ञवाली, सुरेश घमाल फिचर्ड छन भने शिवको
विशेष भूमिकामा प्रकाश ओजी रहेका छन ।

बुद्ध थापाको छांयाकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन भने ड्रोनको काम सुरेश कार्कीको रहेको छ । भिडियोलाई स्वयम गायक शशान कंडेलको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।