Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ मा सर्वोत्कृष्टताको अवार्ड प्राप्त गर्न सफल केही कलाकारहरु

Tuesday, August 10, 2021 National Power

ए हिमाल अब तिमी हिँडिदेऊ शब्दहरुको बाटो छेक्नलाई, ए पहाडका कन्दराहरु, तराईका फाँटहरु जागी देऊ अब जागी देऊ कर्म भुमीलाई साथ देऊ यि देश भक्ति शब्दहरु वरिष्ठ गीतकार अम्बिका गुरुङका हुन् ।
विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनु भएकी गीतकार एवं कवियत्री अम्बिका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव ६० भन्दा वढि गीतहरु अहिले रेकर्ड भएका छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् । नेपालको गुल्मी घर भई विगत लामो समय देखि अमेरिकाको एक सरकारी स्कुलमा काम गर्दै आएकी गुरुङले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु समेत प्राप्त गरिसकेकी छन् ।
मिति २०७७ साल चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट सर्वोत्कृष्ट गीतकारको पप विधा तर्फको अवार्ड “चाखुम चाखुम” बोलको पप गीत मार्फत प्रदान गरिएको छ ।

अञ्जन शर्मा नेपाली म्युजिक भिडियोको क्षेत्रमा परिचित नाम हो । उनि नेपाली गीत संगीतको प्रवद्र्धनका लागी विगत लामो समय देखी निरन्तर रुपमा यस क्षत्रमा सक्रिय रहेका छन् । थोरै तर स्तरिय काम गर्नु पर्छ भन्ने मान्यता राख्ने शर्मा नेपाली जनजीवनको प्रतिनिधित्व गर्ने कथाहरुलाई आफ्नो भिडियो मार्फत प्रस्तुत गर्ने गर्दछन् भने युवा पुस्ताका दर्शक्हरुको चाहानालाई मध्ये नजर गर्दै शर्माले आफ्नो प्रस्तुतीलाई आधुनिककिकरण पनि गर्ने गरेका छन् । शर्माले गरेका अधिकांस भिडियोहरुमा माया प्रेमलाई विम्व बनाईएको पाइन्छ । “तिम्रो याद, जिवन साथी, दोष, जिन्दगीको बाटो, तिमि खुशी, जाने भए, जसलाई म आफ्नो, आफ्नो छाँया, साईला दाई, तिमि सुन्दर फुल हौ” लगायत दर्जनौ म्युजिक भिडियो निर्देशन गरेर चर्चामा आएका शर्माका अधिकांश भिडियोहरुले दर्शकहरुको मन जितेका छन् ।
यहि मिति २०७७ चैत्र २६ गते राजधानी काठमाण्डौमा गण्तन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा पावर इन्टरनेशनल मिडिया नेपालले आयोजना गरेको चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१ मा आधुनिक विधाको भिडियो तर्फ सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

चलचित्र निर्देशन, लेखन र अभिनयको क्षेत्रमा एउटा ईतिहास बोकेको व्यक्तित्व हुनुहुन्छ मोहन निरौला । परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष समेत रहनु भएका निरौला नेपाली चलचित्रका स्थापित थुप्रै कलाकारहरुको गुरु पनि हुनुहुन्छ । समाजसेवा, पत्रकारिता, लेखन, निर्देशन , कलाकारिता सबै क्षत्रमा उत्तिकै निपुर्ण रहनु भएका निरौलाको कुनै समय नेपाली टेलिभिजनमा लेखन र अभिनेताको रुपमा एक छत्र राज रहेको थियो । वहांको सक्रियता सानो पर्दा होस वा ठुलो पर्दामा उत्तिकै देख्न पाइन्छ ।
जन्म भुमी, उपकार, जन्म भमि –२ लगायत थुप्रै चलचित्रका निर्देशक रहनु भएका निरौला आफैमा राम्रो गीतकार पनि हुनुहुन्छ । अघिल्लो पुस्ताका कलाकर्मीहरु संग सहयात्री भएर काम गर्नु भएका निरौलाले पछिल्लो पुस्ताका कलाकर्मीहरुको पनि सहकर्मी बन्दै आउनुभएको छ । “एक्लो उदास र स्वदेश मै रोजगारी” बोलका दुईवटा गीतहरु यसका प्रमाण हुन् ।
निरौलाले कालि प्रशाद रिजालको शब्द, सन्तोष श्रेष्ठको संगीत र मनोजराज शिवाकोटीको स्वर रहेको “एक्लो उदास” बोलको गीतमा मोडलको रुपमा अभिनय गर्नुभएको थियो जुन गीतको भिडियोलाई हेम प्रभाषले निर्देशन गर्नु भएको थियो । उक्त गीतबाट निरौलाले “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” मा सर्वोत्कृष्ट मोडलको जुरी अवार्ड प्राप्त गर्नु भएको थियो ।
त्यसै गरी “स्वदेशमै रोजगारी ” बोलको गीतमा समेत निरौलाले अभिनयका साथमा निर्देशन समेत गर्नु भएको छ । गीतलाई शान्तिराम राइले संगीत गर्नुका साथै शान्तिराम राई र मेलिना राईले स्वार दिएका छन् ।
गीतकार के.पी शर्मा ओली नेकपा एमालेका अध्यक्ष एवं देशका प्रधानमनत्री समेत हुनुहुन्छ ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” मा निरौलाले स्वदेशमै राजगारी बोलको गीतबाट सर्वोत्कृष्ट चेतना मुलक भिडियो निर्देशकको अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।
साथै उक्त गीतबाट प्रधानमन्त्री समेत रहनु भएका गीतकार के.पी शर्मा ओलीले सर्वोतकृष्ट राष्ट्रियभावको गीतकारको अवार्ड समेत प्राप्त गर्नु भएको छ ।

भिडियो सम्पादनको क्षेत्रमा छोटो समयमा धेरै चर्चा कमाउन सफल सम्पादक हुन राजेश कुमार । डेउडा, नेपाल आधुनिक, लोकदोहोरी तथा चलचित्रका गीतहरु मात्रै नभई राजेशले थुपै्र नेपाली चलचित्रहरुको समेत कुशल सम्पादन गरेका छन् । मिहेनती र शान्त स्वभावका राजेश आफुले हात हालेको कामलाई निक्कैनै मिहेनत गरेर बजारमा पठाउँछन् र उनको कामको चौतर्फी प्रसंशा समेत हुने गरेको छ । सयौंको संख्यामा म्युजिक भिडियोहरुको सम्पादन गरेका राजेशले यहि चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” मा सर्वोत्कृष्ट सम्पादनको (जुरी अवार्ड) आधुनिक विधा तर्फको “लाख विन्ती” बोलको गीत मार्फत उचालेका थिए ।

नेपाली लोकदोहोरी, आधुनिक, भजन, लोकपप, चलचित्रको पाश्र्व गायनमा परिचित नाम हो सुजाता के.सी । पछिल्लो पुस्ताका गायक गायिकाहरुको विचमा उनि अग्रस्थानमा पर्ने गायिकाहरु मध्ये एक हुन । सानै उमेर देखी नै गायन क्षत्रमा सक्रिय रहेकी गायिका के.सीका आधुनिकगीतहरु दर्शकहरुले अत्याधिक रुचाएको गीतहरुमा पर्दछन् ।
“बाजा बजाउंदै, मेरो याद आउंछ त, क्या बवाल भो, तिम्रो हुने कहिले” लगायतका दर्जनौ गतिले युटुवमा करोडौं भ्युज पाएको छ भने उक्त गीतहरु टिकटकमा पनि भाइरल भएका गीतहरु ह्ुन । दर्शक श्रोताहरुलाई छमछमी नचाउन सक्ने क्षमता भएकी गायिका के.सी. उत्कृष्ट स्टेज पर्फमर पनि हुन । अभिनयको राम्रो ज्ञान भएकी गायिका के.सी. दर्शकहरुको मनोरन्जनलाई बुझेर गीतहरुको प्रस्तुती दिने गायिकाहरु मध्ये पर्दछिन् । ललितपुर जिल्लामा जन्मिएकी गायिका के.सी.ले औधोगीक शान्ति नेपाल म्युजिक अवार्ड, छायाँछवी तिज म्युजिक अवार्ड, बक्स अफिस म्युजिक अवार्ड, नेपाल कल्चरल एण्ड आर्ट म्युजिक अवार्ड लगायतका अवार्ड र दर्जनौ सम्मानहरु प्नि पाइसकेकी छिन् ।
मिति २०७७ साल चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”मा “बाजाबजाउँदै” गीतको बोलबाट लोकपप विधा अन्तर्गत सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी छिन् । कार्यक्रम पावर इन्टरनेशनल मिडिया नेपाल द्धारा आयोजना गरिएको थियो ।

चर्चित गीतकार, संगीतकार तथा गायक टिका बोम्जनले राष्ट्र र राष्ट्रियताका लागि ठुलो योगदान मात्र दिएका छैनन् धेरैको प्रेरणाको श्रोत समेत बनेका छन् । २०३५ सालमा जन्मिएका टिका नेपाली सेनामा कार्यरत थिए । त्यहि क्रममा २०५९ सालमा २२ वर्षको उमेरमा उनले देश र जनताको सेवा गर्द गर्दै आफ्ना दुवै हात गुमाएका थिए । काम गर्ने दुवै हात गुमाउँदा पनि उनले जीवनबाट हरेश नखाई आफ्नो कर्ममा लागी रहे । त्यहि बेला देखि आफ्नो मुखमा कलम च्यापेर गीत लेख्न थाले । उनका बहुचर्चित गायक, गायिकाहरुका साथै आफ्नै स्वरमा करिब ३०० भन्दा बढि गीत बजारमा ल्याई सकेका छन ।
टिका बोम्जनका “माटोले माग्दैन आफैले दिनु पर्छ, छाँगाबाट झरना झर्यो, मार्यो मलाई मार्यो, दुखै दुख पाएँ, बार प्रिय बार काँडे तारले बार, तिमी मेरो हुनै पर्छ भनेको नि होइन, मेरी सानु, रोशी खोला, फुलबारीमा फुल फुल्यो” लगायतका गीतहरु बजारमा चर्चित छन ।
उनी २०६० सालमा युथ फेडेरेशन युवा शान्ति दुत बनेका थिए, भने मुखैले सवै भन्दा धेरै गीत लेख्ने गीतकार, युनिक वल्र्ड रेकर्ड, एभरेष्ट आउटस्ट्याण्डीङ्ग एचिभमेन्ट, मिराकल अवार्ड, उत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गीत गायक, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजीक अवार्ड लगायतका सम्मान उनले पाएका छन ।
यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायकको तामाङ विधा तर्फको अवार्ड “ह्याङला माया” बोलको तामाङ गीत मार्फत उचाल्न सफल भएका छन् ।

नेपाली गीत संगीतलाई असाध्यै मन पराउने गीतकार हुन चिरञ्जीवी भट्ट । अहिले ब्यवसायिक रुपमा नेपाली गीत संगीतको क्षेत्र त्यति धेरै सफल नभएता पनि असंख्यक श्रोता तथा दर्शकहरुको सांगीतिक प्यास मेटाउन कलाकारहरुले क्रमशः आफ्ना श्रृजनाहरु बजारमा ल्याउने क्रमको होडबाजी चलिरहेका वेला गीतकार भट्टले आफ्नो नौलो प्रस्तुती “आकाशकी चरी” मार्फत सांगीततीक बजार तताएका छन् ।
लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिय भट्टले थुप्रै श्रृजनाहरु सांगीतिक बजारलाई पस्कीसकेका छन् ।
यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गीतकारको आधुनिक विधा तर्फको अवार्ड “आकाशकी चरी ” बोलको आधुनिक गीत मार्फत प्रदान गरिएको छ ।

बृत्तचित्र, टेलिचलचित्र, म्युजिक भिडियोहरुको कुशल छायाँकार हुन हर्कमान वाईवा । दृश्य छायाँकनको क्षेत्रमा प्रवेश गरेको छोटो समयमै दर्जनौ टेलिचलचित्रहरु, सयौंको संख्यामा म्युजिक भिडियोहरुको कलात्मक छायाँकन प्रस्तुत गरिसकेका छन् । यतिवेला उनको चर्चामा रहेका म्युजिक भिडियोहरु “जुन दिन मलाई, शहर, बाटो भन तिम्रो गाउँ”को लगायत दर्जर्नौ रहेका छन् भने टेन्सन साप नामको हाँस्य टेलिसिरियलको छायाँकन गरिरकेका छन् ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा गत चैत्र २६ गते राजधानीमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा हर्कमान वाईवाल (रिदम)ले “बाटो भन तिम्रो गाउँको” गीत मार्फत सर्वोत्कृष्ट छायाँकार इन्करेज्मेन्ट अवार्ड २०२१ आधुनिक विधातर्फको अवार्ड जित्न सफल भएका छन् । हर्कमान वाईवा (रिदम)को उज्जल भविष्यको कामना गर्दै यस क्षेत्र प्रतिको निरन्तरताको आयोजकले कामना गरेको छ ।

विषेशत मोफसलमा बसेर नेपाली गीत संगतिको प्रवद्र्धनमा अहोरात्र खटिरहेका छन्, भिडियो निर्देशक होम गुरुङ । पोखराकै स्थानिय बासिन्दा गुरुङ आफैमा संगतिकार समेत हुन । नेपाली लोक गीत संगतिको उर्वर क्षेत्र मानिएको पश्चिमाञ्चल क्षेत्रको विषेशत पोखरा क्षेत्रमा रहेर गुरुङले लोेकदोहोरी, सुगम संगीतका क्षेत्रमा आफ्नो क्रियशिलता देखाइरहेका छन् ।
नेपालका नाम चलेका कोरियोग्राफर एवं भिडियो निर्देशकहरु मध्ये होम गुरुङ पनि एक हुन् । उनले सयौंको संख्यामा उत्कृष्ट म्युजिक भिडियोहरु दर्शकहरुका लागी प्रस्तुत गरिसकेका छन् । नेपालका चर्चिच गायक गायिकाहरुका गीतमा उनले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरिसकेका छन । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा गत चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा भिडियो निर्देशक एवं कोरियोग्राफर होम गुरुङले लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका छन् ।
अवार्ड जिते पछि उनले खुशी व्यक्त गर्दै “यो अवार्डले मलाई चुनौती थपेको छ, मलाई अझै उत्कृष्ट काम गर्न प्रेरित गरेको छ” भनेका छन् । निर्देशक होम गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गति प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका संगीत विधाका प्रमुख समेत हुन ।

आफ्नो समुदायमा राम्रो पहिचान बनाएका गायक एवं संगीतकार सुशन साम्सोहाङले अहिले आफ्नो समुदाय मात्रै नभएर आधुनिक गायन क्षेत्रमा पनि राम्रो वर्चश्व कायम गरेका छन् । सुमधुर स्वरका धनी गायक साम्सोहाङले लाखौं स्रोताको मन जित्न सफल भएका छन् । सुशन नामक उनको एल्बम निकाल्ने वित्तिकै देश विदेशबाट उनको माग ह्वात्तै बढेर एक पटक विदेश दौडाहामा पनि उनि त्यत्तिकै भ्याई नभ्याई समेत भएका थिए । झण्डै दुइ दर्जन भन्दा बढी गीतहरुमा स्वर भरिसकेका साम्सोहाङ, बुबा भक्तबहादुर र दिदी रोसाबाट प्रभावित भएरनै गायनमा प्रवेश गरेका थिए ।
उनका बुबा गाउँघरमा हाक्पारे र पालम राम्रोसँग गाउने व्यक्तिका रुपमा चिनिन्थे भने दिदीले त परदेशी आएन एल्बम नै निकालेकी थिइन्। २०५५ सालमा निस्किएको उक्त एल्बममा आठ कक्षा पढ्दै गरेका सुसनले पनि गाएका थिए ।
ताप्लेजुङको चाक्सीबोटे गाउँमा हुर्किएका सुशन हाटबजार, देउसीभैलो र चाडपर्वमा सानै उमेरदेखि गाउँदै हिँड्थे। उनलाई गायनमा सोख थियो । त्यसैले पल्टनका लागि भर्ती खोल्ने बेला उनी धनकुटातिर लुक्न जान्थे । बुबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो, “अरुले म पनि आर्मीमै गएको चाहन्थे तर मलाई इच्छा थिएन” सुशनले सुनाए, मेरो नौजनाको परिवारमा सबैजना विदेशमा छन म मात्रै हो नेपालमा । उनी पल्टनमा होइन ब्राइटर तिम्रो सुर मेरो गीत नामक गायन प्रतियोगितामा चाहिँ भिडे । नवीन राई र जुना प्रसाईं विजयी हुँदा उनी सेमिफाइनलमै रोकिए । साथीहरुको लहडले २०६१ सालमा उनले रेडियो नेपालमा भ्वाइस टेस्ट पास पनि गरे ।
गायक बन्न सबै औपचारिकता पुरा गरिसकेका उनी अचेल अरु कलाकारहरुका लिम्बु भाषाका गीतका अलावा नेपाली आधुनिक गीतहरुमा पनि उत्तिकै दख्खल भएका छन् । आफुलाई पछिल्लो समय उनि आधुनिक गायन तिर व्यस्त राख्दै आएका छन् । उनको गायन कलाको प्रसंशा गर्दै विभिन्न संघसंस्थाहरुले सम्मानित एवं अवार्डेड समेत गरिसकेका छन भने यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायक (पुरुष)को आधुनिक विधा तर्फको अवार्ड “आँखैमा राखोंकी”बोलको आधुनिकगीत मार्फत अवार्ड उचाल्न सफल भएका छन् ।

थारु समुदाय विच चर्चामा रहेका मोडल नायक हुन विर चौधरी । आफ्नो समुदायमा भाषा प्रवद्र्धन र गीत संगीतको विस्तारका लागी उनि सक्रिय रहेका छन्, म्युजिक भिडियो मार्फत । हुन त विर म्युजि भिडियो मात्रै हैन थारु भाषाको चलचित्रमा पनि उत्तिकै सक्रिय रहेका छन् साथै मैथली, भोजपुरी र नेपाली भाषाका भिडियोहरुमा पनि उनको सक्रियता उत्तिकै रहेको छ । मोडलिङमा सक्रियता जनाएको थोरै समयमा उनले सयौं भिडियोहरुमा मुख्य भुमिका निर्वाह गर्दै थारु भाषामा सर्वाधिक भिडियोमा अभिनय गर्ने मोडल कलाकारको रुपमा उनले आफुलाई स्थापित गरिसकेका छन् । पावर इन्टरनेशनल मिडियो नेपालको आयोजनामा नेपालको पहिलो समावेशी मयुजिक अवार्ड चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१ मा विरले थारु भाषाको ओई पगली गीतबाट थारु भाषा अन्तर्गतको सर्वोत्कृष्ट मोडलको अवार्ड जितेका छन् । अवार्ड प्राप्त गरेपछि उनले आफ्नो जिवनको यो पहिलो राष्ट्रिय स्तरको अवार्ड भएको बताएका छन् ।

युवा पुस्ताका आशा लाग्दा रुपन्देहीका गायक चिरञ्जीवी भण्डारीका एक पछि अर्को गर्दै क्रमशः निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । ती गीतहरु क्रमशः फरकपनसँगै सफल पनि हुंदै आएका छन । उमेरले २ दशक मात्रै नाघेका रुपन्देहीको तिलोत्तमाका भण्डारी सांगितीक क्षेत्रका आशा लाग्दा प्रतिभा मात्रै होइन उनि नक्षत्र नै बन्ने प्रबल सम्भावनालाई उनका गीतले साकार पार्दै आएका छन् । काठमाण्डौंमा रहेर संगीतलाई साधनाका रुपमा लिई संघर्षरत उनी युवा पुस्ताका चर्चित गायक अन्तर्गत पर्न सफल भएका छन् ।
यस अघि “बिस्तारै विस्तारै” बोलको गीतबाट चर्चा र सफलता दुबै प्राप्त गरेका उनी “विस्तारै–बिस्तारै” पछि “बदमास” लाई सार्वजनिक गरे थिए । “बदमास” भिडियोमार्फत पनि विगतका म्युजिक भिडियोहरु जस्तै सफलता मिलेको छ । प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारीका आधा दर्जन बढी चर्चित गीत गायका भण्डारी प्लेव्याक पप गायक तथा संगीतकार हुन् । विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा अगाडि बढ्दै आएका उनको वि.सं.२०७३ मा उनको स्वरमा रहेको रेलिमाई चलचित्रको “चट्टै मुटु काटेर” बोलको गीत निकै रुचाइएको गीत हो , त्यसैगरी उनकै स्वरमा रहेको दीप ज्योति फिल्म्स्को “झ्याना पुल्टुङ” बोलको गीतले उनको सफलतामा इट्टा थप्यो ।
सांगीतिक क्षेत्रमा भण्डारीले पाएको सफलताको सबैले प्रशंसा गरेका छन् भण्डारीको कलाको सम्मान गर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मान एवं अवार्डहरु समेत प्रदान गरिएको भने यहि चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायकको पप विधा तर्फको अवार्ड “बद्मास” बोलको पप गीत मार्फत प्रदान गरिएको छ ।

विगत लामो समय देखी भिडियो निर्देशन र सम्पादनमा सक्रिय व्यक्तित्व हुन दिपक तामाङ । विगत डेढ दशक देखी तामाङ भिडियो निर्देशन तथा सम्पादनमा व्यस्त रहदै आएका छन् । नेपाली, तामाङ लगायत विभिन्न भाषामा उनले आफ्नो कार्य कौशलता देखाइ सकेका छन् । पछिल्लो समय कोभिडका कारणले सुस्ताएको मनोरञ्जन क्षेत्रमा दिपक भने क्रियाशिलनै छन् । कोभिडकै विचमा उनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरु बनाएको उनले बताएका छन् । साथै उनले यस अवधिका नव प्रवेशीहरुलाई तालिम प्रदान गर्ने उदेश्यले काठमाण्डौको जोरपाटीमा अभिनय नृत्य लगायतका प्रशिक्षणको कक्षाहरु पनि संचालनमा ल्याएको दिपकले बताएका छन् । गत चैत्र २६ गते संघिय राजधानी काठमाण्डौमा पावर इन्टरनेशनल मिडिया नेपालले आयोजना गरेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१ मा दिपकले तामाङ भाषा अन्तर्गतको भिडियो विधातर्फको सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएका छन् ।

विगत लामो देखी अनवरत नेपाली संगीतको क्षेत्रमा प्रवेश गरेकी हुन् । काव्य आचार्या । पहिलो एल्वम “अतित” लिएर नेपाली संगीतमा आएकी काव्य कपिलवस्तुकी हुन् । बाबु रमाकान्त आचार्य एवं आमा प्रेमकला आचार्यकी सुपुत्री काव्य २०६२ देखी गुरु चण्डी प्रसाद काफ्लेसंग नियमित रुपमा ६ वर्ष सम्म संगीत साधनामा लागिन् ।
महेन्द्ररत्न क्याम्पस ताहाचलबाट वि.एड र त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा एम.एड गरेकी काव्य हाल भने शिक्षण पेशामै संलग्न छिन् । धेरै भन्दा धेरै एल्वमहरुमा मिश्रित रुपले स्वर दिएकी काव्यले २०७० मा आफ्नै “काव्य” एल्वम पनि ल्याएकी छिन् । एकल रुपमा मुलत आफुलाई आधुनिक गीतमा प्रस्तुत गर्ने गरेकी काव्यले काठे दोहोरी गरि हाल सम्म सयौं गीतहरुमा आफ्नो आवाज प्रस्तुत गरिसकेकी छिन् ।
यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट कांठे गायिकाको कांठे अडियो विधा तर्फको अवाड “घैया मकै” बोलको कांठे गीत मार्फत प्रदान गरिएको छ ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा “चौथो राष्ट्रिय समाबेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०७७” गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख अतिथ्यतामा राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । उक्त म्युजिक अवार्डमा सर्बोकृष्ट नव गायकको अवार्ड सर्जक तथा गायक केशव रिजालले “नौजाले” गीतबाट उचाल्न सफल भएका छन् ।
बिगत केही बर्षयता वैदेशिक रोजगारको शिलशिलामा अमेरिकाको क्यार्लिफोनिया मा रहेका रिजाल करिब एक दशक देखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय छ्न् । पर्वतको पाङमा जन्मिएका रिजालले “हिमालको काखबाट सेती बग्यो” । बोलको गीतबाट आफ्नो सांगीतिक सुरूवात गरेका हुन । त्यस यता आफ्नो स्वर लय तथा शब्द श्रृजनामा थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
उनको श्रृजना तथा स्वर रहेका “हिमालको काख, कोदो, नौजाल”े लगायतका गीतले नेपाली सांगीतिक बजारमा राम्रो लोकप्रियता पाएका छ्न् । “चौथो राष्ट्रिय समाबेशी म्युजिक अवार्ड–(निम अवार्ड)२०२१” मा गायक एवं सर्जक केशव रिजालले नौजाले बोलको गीतबाट सर्बोत्कृष्ट नवगायकको अवार्ड नवप्रतिभा लोकदोहोरी विधावाट अवार्ड जित्न सफल भएका छन् ।

नेपाली गीत संगीतमा एउटा उदयमान नाम हो, होम राज श्रेष्ठ । खाडादेवी जेसिसका प्रेसिडेन्ट रहेका होम राज श्रेष्ठ समाजसेवाको क्षेत्रमा पनि परिचित नाम हो । नेपाली मौलिक शब्दहरुको संयोजनबाट तैयार पारेको “घार्रघुर्र मदानी मोही पारौंला” लोकपप विधामा आधारित गीत हो । होम राज श्रेष्ठले लेखेको गीतलाई सुवास भुषालले संगीत गरेका थिए भने गुण राज श्रेष्ठ र अनिता कुवरले गीतमा स्वर दिएका थिए । पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चोथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)२०२१” मा पप आधुनिक विधा तर्फ गीतकार होम राज श्रेष्ठले लेखेको चर्चित गीत “घार्रघुर्र मदानी मोही पारौंला” बोलको गीतबाट सर्वोत्कृष्ट नव गीतकार (जुरी) अवार्ड प्राप्त गर्न सफल भएका हुन् । नेपाली सांगीतिक क्षेत्रप्रति निरन्तरताको लागि पनि यस्ता अवार्डहरले प्रोत्साहन गर्ने गीतकार होम राज श्रेष्ठले बताएका छन् ।

लामो समय देखी नेपाली गीत संगीत बजारमा होमिएका एक कुशल भिडियो निर्देशक हुन, जनक सिंह । कान्तिपुर फिल्म एकेडेमीले संचालन गरेको निर्देशन कोर्षमा डिप्लोमा गरेका जनक सिंह मलतः नेपाली सुगम संगीतका म्युजिक भिडियोमा जमेका निर्देशकको रुपमा चिनिन्छन् निर्देशक जनक सिंह । लगभग १ सय भन्दा बढी भिडियोको निर्देशनमा सिंहले आफ्नो ९ वर्षको निर्देशकिय यात्रा गरिसकेका छन् ।
यस अवधिमा सिंहलाई थुप्रै संघ संस्थाहरुले सम्मान एवं कदर पत्र समेत प्रदान गरिसकेका छन् । यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट निर्देशकको आधुनिक विधा तर्फको जुरी अवार्ड “मुना मदन २” बोलको आधुनिक गीत मार्फत प्रदान गरिएको छ ।

पप, लोक पप विधाका अब्बल गायक हुन जिवन तामाङ । आफ्नो पेशा संगै गीत संगीतमा पनि उत्तिकै सक्रिय रहेका छन् । बुद्ध डाईनामिक म्युजिक प्रा.लि नामको कम्पनी खोलेर गीत संगीतको क्षेत्रमा सक्रिय जिवनले नेपाली भाषा र तामाङ भाषामा थुप्रै गीतहरु गाएका छन् । मृद्धभाषी र सरल स्वभावका जिवनले नेपाली जनजीवन सुहाउदो गीतहरु गाउने गर्दछन् । उनले गायका गतिहरु “मैना राजा मैना रानी, साटेर मन मुटु, छाडेर जाने गर्लफ्रेण्ड, तिम्रो जस्तो वयान, मरेको मान्छे, लेकाली गाउँ, किन मायामा, सागर जस्तो, धेरै पोखे” लगायत दर्जनौ गीतहरु दर्शक श्रोताको लागी बुद्ध डायनामिक म्युजिक मार्फत सार्वजनिक गरेका छन् । उनले लेखेको र संगीत गरेको गीतहरु “कस्तो भाग्य” ब्लड क्यान्सर पिडित बालक विश्वास तामाङले गाएका छन् । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा गत चैत्र २६ गते राजधानीमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” तामाङ सेलो विधा अन्तर्गत “छाडेर जाने गर्लफ्रण्ड” गीतबाट सर्वोत्कृष्ट तामा सेलो गायकको अवार्ड प्राप्त गरेका छन् ।

पत्रकारिता हुदै नेपाली सांगीतिक क्षेत्रमा होमिएका गायक हुन् कमल बि.सी “माल्दाइ” । बर्दिया निबासी उनी पत्रकारिताको कर्म नेपालगन्जमै गरे । पत्रकारिता गर्दा गर्दै गीत गाउन सुरु गरेका उनी हाल भने काठमाडौं मै बसेर गायनलाई निरन्तरता दिइरहेका छन । “जसरी नि म तिम्रो हुन्छु नभन” गीतबाट गायनमा डेव्यु गरेका कमलका सयौं गीत बजारमा छन ।
उनका दर्जनौं बढी गीतहरु दर्शक स्रोतामाझ लोकप्रिय पनि भएका छन् । विषेशत लोकदोहोरी गीतहरु गाउन रुचाउने र गाउने वि.सीले चौधरी लगायत विभिन्न भाषाभाषीका गतिहरुमा समेत स्वर दिने गरेका छन् । लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिय वि.सीले थुप्रै गीतहरुलाई दर्शक स्रोता माझ पस्केका छन् । उनको कलाकारीताको सम्मान गर्दै विभिन्न संघसंस्थाहरुले अवार्ड सम्मान समेत प्रदान गरिएको ।
यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायकको लोकदोहोरी विधा तर्फको अवार्ड “मायाले मार्यो” बोलको लोकदोहोरी गीत मार्फत प्रदान गरिएको छ ।

देखन चम्पा, पर्ख पर्ख मायालु, तिम्रो पिक्चर हिट लगायत दर्जनौ सर्वाधिक चर्चित गीतका गायक हुन कृष्ण काफ्ले । उनले गायन क्षेत्रमा प्रवेश गरेको एक दशकको अवधिमा सयौंको संख्यामा गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् । उनि स्वदेश तथा विदेशमा हुने धेरै भन्दा धेरै कार्यक्रमहरुमा सहभागि भई नेपाली गीत संगीतका पारखी दर्शक एवं स्रोताहरुलाई मनोरन्जन प्रदान गर्दै आईरहेका छन् ।
डिसिने अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, कालिका अवार्ड सुन्दरादेवी सन्देश म्युजिक अवार्ड लगायत दर्जनौ अवार्ड एवं सम्मानहरुवाट सम्मानित काफ्ले, यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायकको लोकपप विधा तर्फको अवार्ड “चाखुम चाखुम” बोलको लोकपप गीत मार्फत उचालेका छन् ।

नेपाली गीत संगीतको क्षेत्र दिनदिनै उर्बर बन्दै गएको छ । यस क्षेत्रका साधकहरुको अविरल साधनाले पनि नेपाली सांगीतिक क्षेत्र मलिलो, फाटिलो र उर्बर हुने गरेको हो । बिगत दश वर्षदेखि यस्तै साधनामा तल्लिन छिन ‘लक्ष्मी पुरी प्रधान् । गीत गाउन भने पछि सानैदेखि हुरुक्क हुने लक्ष्मी पुरी प्रधानले हाल सम्म थुप्रै गीतहरुमा स्वर दिइसकेकी छिन् । प्रधानले यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायिकाको आधुनिकविधा तर्फको जुरी अवार्ड “माया विरानी” बोलको आधुनिकगीत मार्फत प्राप्त गरेकी छिन् ।
आफ्नो गाउँबाट उच्चशिक्षा हाशिल गर्ने भनेर राजधानी छिरेकी प्रधानले जिवनका विभिन्न ओराली उकालीहरुलाई पार गर्दै आफ्नो गायन कलालाई निरन्तरता दिर्दै आएकी छिन । उनको कला र गलाको सम्मान गर्दै विभिन्न संघ संस्थाहरुले सम्मान तथा अवार्डहरु समेत प्रदान गरिसकेका छन् ।

प्युठान जिल्लामा जन्मिएका कोरियोग्राफर लिगेश भट्टराई छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर हुन । समाज सेवामा निरन्तर लागीरहेका भट्टराइ विगत एघार बर्ष देखी चलचित्र क्षेत्रमा काम गर्दै आएकोले अहिले सफल कोरियोग्राफरको रुपमा आफुलाई स्थापित गराउन सफल भएका छन् । गीत गाउन, डान्स गर्न, नयाँ बुक पढ्न, समाज सेवा गर्न मन पराउने भट्टराईले आधुनिक, पप, लोकपप विधाहरुमा थुप्रै गीतहरुको सफल निर्देशन गरिसकेका छन् । यहि चैत्र २६ गते राजधनी काठमाण्डांैमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट सर्वोत्कृष्ट निर्देशकको लोकपप विधा तर्फको जुरी अवार्ड “लाउ माया पिरती”बोलको लोकपप गीतमार्फ अवार्ड उचाल्न सफल भएका छन् ।

५०० भन्दा बढी लोक, सुगम तथा चलचित्रका गीतहरुका संगीत दिइसकेका राजेन्द्र संगीत संयोजनमा पनि उत्तिकै अब्बल छन् । पहिलो पटक २०६४ सालमा काठमाण्डौ भित्रिएसंग संगै संगीतकर्ममा पनि पाईला चाले । ईन्द्र बहादुर लालनको शब्द, प्रदिप नेपालीको स्वर रहेको गीत “कसले चोर्यो ओठको लालगी” मा संगीत भरेर उनले आफ्नो संगीतिक यात्रालाई अगाडी बढाएका हुन् । २०६४ सालमै आफ्नै स्वर शब्द र संगीतमा “यो मन टुट्न” बोलको गीत पनि गाए । अहिले राजेन्द्र चल्तीका गायक गायिकाहरुको रोजाईका संगीतकार र संगीत संयोजकका रुपमा चिनिएका छन् । “करुवा तेल, यो देशको लागि म, ट्रफिक जाम झम्के झम्के साँझमा, हरी बोल भजन, मुसु मुसु हाँसेर, ओ मेरो परान, मस्त जवानी, घुमायो मायाले, घरको झ्यालैमा, बर्खाको पानी, भुलेर नआउ टेन्डर, दिल चोर्यो, यो त जाली शहर हो प्रिया” लगायतका चर्चित गीतमा उनले संगीत सृजना गरेका छन् । दर्जनौ आधुनिक गीतहरुका एल्वम कलेक्सन संग्रहरुमा संगीत भरेका राजेन्द्रले नेपाली चलचित्रहरुमा समेत संगीत सृजना गरिसकेका छन् । “मत मर्छु कि क्या हो, वल जोन, एक लब्य, काँचुलीका” लगायतका चलचित्रका गीतहरुमा उनले संगीत दिइसकेका छन् । प्रदर्शनको तयारी रहेका र निर्माणधिन केही चलचित्रमा पनि उनले संगीत र संगीत संयोजन गरेका छन् । सानै उमेर देखी संगीतका औला चलाएका राजेन्द्रले आफुले ३० भन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेका छन् । संगीत क्षेत्रमा जम्दै गरेका राजेन्द्र दर्जनौ अवार्ड तथा सम्मानहरुबाठ सम्मानित एवं अवार्डेड समेत भईसकेका छन् । त्यस्तै पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुती रहेको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१”मा सर्वोत्कृष्ट एरेन्जरको अवार्ड जित्न सफल भएका छन् ।

बाग्लुङ जिल्लामा जन्मिएर जापानलाइ कर्मथलो बनाउदै आएका सर्जक हुन गीतकार नारायण कंडेल । करिव डेढ दशक देखी निरन्तर रुपमा नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय रहि दर्जनौ गीतहरुको सृजना गरिसकेका छन् ।
“आफ्नो पन, उतै मर्न मन छ, हरेक दिन नेपाली परदेशमा रुन्छ, मेरो देशको शिर” लगायतका चर्चामा रहेका गीतहरु हुन । विषेश गरि लोकदोहोरी बृत्तको गीत लेखनको क्षेत्रमा कलम चलाउने कंडेलले अन्य थुर्पै विधाका लागी पनि कलम चलाउने गरेका छन् । आम मानिसहरु अझै भनौ नेपालीहरुको जन जिवनसंग मेल खाने गीतहरुको सृजना गर्नमा उनि अग्रस्थानमा देखिन्छन् । जापानमा रहेर आफ्नो दैनिक कर्मबाट मिलेको समयलाई उनले गीतहरुको सृजनामा लगाउने गरेका छन् र नेपाली गीत संगीतको प्रवद्र्धनका लागि आर्थिक रुपमा लगानी समेत गर्ने गरेका छन् ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा गत चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवाड) २०२१ को विषेश कार्यक्रममा सर्जक एवं स्रष्टा गीतकार नारायण कंडेलले गणतन्त्र नेपालका प्रथम उपरष्ट्रपति सम्माननिय परमानन्द झाको हातबाट “पिम नेपाल डायस्पोरा सम्मान– २०७७ ” प्राप्त गरेका छन् । कंडेल सो सम्मान प्राप्त गरेपछि खुशी व्यक्त गर्दै भन्छन् ”यस सम्मानले आफुलाई गीत संगीत क्षेत्रमा सक्रिय रहिरहन थप हौसला मिलेको छ।”

भिडियो सम्पादनको क्षेत्रमा आफ्नो बिशिष्ट पहिचान बनाएका सम्पादकहरु मध्ये एक हुन सुरेश कुमार राउत । विगत ११ वर्ष भन्दा बढी समय देखी भिडियो सम्पादकका रुपमा सक्रिय राउतले यस अवधिका ४ सय वटा भन्दा बढी म्युजिक भिडियोहरुको सम्पादन गरिसकेका छन् भने दर्जनौ बृत्तचित्र, लघुचलचित्र, चलचित्र , टि.भि. तथा वेभ सिरिजहरुको सम्पादन गरिसकेका छन् ।
युवा पुस्ताका भिडियो निर्देशक तथा निर्माताहरुको रोजाईमा परेका सम्पादक सुरेश फाल्गुनन्द लिङ्देन फिल्मस् अवार्ड, फेशन इन्टरटेनमेन्ट अवार्ड लगायत अवार्डहरु र दर्जनौ सम्मानहरुबाट सर्वोत्कृष्ट सम्पादकका रुपमा सम्मानित भईसकेका छन् ।
मिति २०७७ साल चैत्र २६ गते राजधानीमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”मा आधुनिक विधा तर्फ “बाडुली” बोलको गीतको म्युजिक भिडियोको लागि सम्पादक सुरेश राउतले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल भएका छन् ।

बाग्लुङ जिल्ला को दमेक गाबिस ६ मा बुवा शालिकराम सापकोटा र आमा मनरुपा सापकोटाको कोखबाट जन्मिएका बहुप्रतिभा का धनी लोकप्रिय गायक तथा सर्जक हुन प्रेम सापकोटा “सोनु” । बिद्यार्थी जिवनदेखिनै सांगीतिक क्रियाकलापमा अत्यन्तै रुचि राख्ने र सहभागिता जनाउने प्रेम संग स्थानीय स्तरमा हुने हरेक सांगीतिक र साहित्यिक कार्यक्रम हरुमा दोस्रो हुन न परेको अनुभव छ । गाउमै प्लस टु सम्मको अध्यन सकायपछी बांकी अध्यन र सांगीतिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाउने उदेश्यले २०६७ सालमा मोफसल देखि काठमाडौ भित्रीएका प्रेम लाई सांगीतिक यात्रा अगाडि बढाउन भने उनले सोचेकै जति सहज भएन तर पनि उनी निराश भने भएनन् । २०६८ सालदेखि दोहोरी साझमा गीत गाउदै अनौपचारिक सांगीतिक यात्रा शुरु गरेका प्रेम ले यसैबीचमा पहिलो गीत पापी न भने रेकर्ड गरि आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा अगाडि बढाएका थिए । दोहोरी साझमा दुःख गर्दै आफ्नो अध्यन लाई निरंतरता दिदै “दुख सुख पापी न भने ,बाटो फरक भो,सानु तिमिलाइ खोज्दै ,फेसबुकमा बसम भैयो” लगायतका केहि गीतहरू आफ्नो आवाजमा सांगीतिक बजारमा ल्याएका थिए । हालसम्म २ दर्जन बढी गीतहरू मा आफ्नो आवाज दिएका प्रेम गायन को अलावा सिर्जनामा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरूमा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन ।
“मायाको घैला, यस्तै छ बाबा, दुनियाँ को नजरमा, आईफोनको रुख, जापानी रेल, मरे बराबर, परदेशी दिदी, सुन्तला कुहिए गाउँमा, बच्चाको साथी, जोगी, के छ साली बिचार” लगायत उनको स्वर र श्रृजनामा सांगीतिक बजारमा आएका थुप्रै गीतहरूले राम्रो चर्चा संगै सफलता पाएका छन् । नेपाली गीतसंगीत प्रतिको उनको यो योगदान संघर्ष र गीतसंगीत प्रतिको यो लगाब को कदर गर्दै यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट संगीतकारको लोकदोहोरी विधा तर्फको अवार्ड “जाले रुमाल” बोलको लोकदोहोरी गीत मार्फत प्रदान गरिएको छ ।

संचारकर्मी अर्जुनराज गीत गजलको श्रृजनामा सक्रिय नाम हो । उनले संचालन गर्ने हरेक कार्यक्रम उत्कृष्ट र लोकप्रिय त हुन्छन नै साथै बौद्दिकताको सुचिमा पनि रहन्छ । उनले श्रृजना गर्ने गीत र गजल मा पनि ओजन अथवा गहिरो कथा र मिठासपनको तह भेटिन्छ । यिनको पछिल्लो गीत “जानी जानी गल्ति भयो” यसको एउटा उदहारण हो । गरिबीका कारण आफ्नी प्रेमिकाको खुशी किन्न नसकेपछि बिदेसिएको प्रेमीले देखेको सपना र बिदेशमा १८ घण्टा सम्म मेसिन जस्तै जोतिएर कमायर पठाएको पैसामा प्रेमिका कसरी राशलीला मनाउँछिन भन्ने बिषय मा तयार भएको सुन्दर गीत र त्यसको दृश्य सामग्री हेर्दा हरेक युबा एक पटक सोच्न बाध्य हुन्छन । यहि अहिलेको यथार्थसंग जोडीयको अर्जुनराजको पछिल्लो गीत अहिले सांगीतिक बजारमा चर्चा कमाउदैछ। देश भक्ति शब्दहरुले ओतपोत भएको गीत “पुर्व पनि हाम्रै हो”ले पनि बजारमा राम्रै चर्चा कमाउन सफल गीत हो । यसै वर्ष सम्पन्न “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड२०२१” मा) भण्डारीले उत्कृष्ट राष्ट्रिय भावको गीतको विधा अन्तर्गत जुरी अवार्ड प्राप्त गरेका छन् ।

कर्मको शिलशिलामा यतिवेला संगतिकार पदम साम्सोहाङ विदेशी भुमिमा रहेका छन् । उनि विदेशी भुमिमै रहेता पनि नेपाली गीत संगीतको लागी तल्लिन रहेका छन् । विगत लामो समय देखी नेपाली सुगम संगीतमा सक्रिय संगीतकार पदम बहादुर साम्सोहाङले थुप्रै कालजयी गीतहरुमा संगतिहरुको शृजना गरेका छन् । गाण्तन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा पावर इन्टरनेशनल मिडिया नेपालले राजधानी काठमाण्डौमा गत चैत्र २६ गते आयोजना गरेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा संगीतकार पदम बहादुर साम्सोहाङले सर्वोत्कृष्ट संगीतकार आधुनिक विधा तर्फको अवार्ड जित्न सफल भएका छन् । निम अवार्ड नेपालमा बोलिने विभिन्न भाषामा तैयार भएका गीत संगतिहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिदै आएको नेपालको पहिलो समावेशी अवार्ड हो ।

पुराना गायक सचिन रौनियारले झण्डै १२ वर्ष पछी “ए मान्छे” बोलको गीतका वाट कमब्याक गरे । डेढ दशक अगाडीको गीत संगीतमा सुनिने र गुञ्जिने नाम भएता पनि झन्डै १२ वर्ष पछि भने उनि नयाँ गीतसंगीतका साथ प्रस्तुत भए । नेपाली गीत संगीत बजारलाई नयाँ प्रस्तुती दिने क्रममा गायक सचिन रौनियार आफ्नो नयाँ गीत “जोगी भए” मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । पछिल्लो युवा पुस्ताका दर्शक तथा श्रोताहरुले निक्कै नै रुचाइएको यस गीतले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
लामो समय पछि गीतसंगीतमा आफुलाई फर्काएका गायक रौनीयारले थुर्पै गीतहरुमा स्वर दिईसकेका छन् र उनको गीतहरु गीतसंगीत बजारमा चर्चीत पनि छन् । उनको गायनकलाको सम्मान गर्दै विभिन्न संघ संस्थाहरुले उनलाई अवार्ड एवं सम्मानहरु समेत प्रदान गरिसकेका छन् ।
गायक रौनियारलाई यहि चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट गायकको पप विधा तर्फको अवार्ड “जोगी भए” बोलको पप गीत मार्फत प्रदान गरिएको छ ।

राजेन्द्र शर्मा पेशाले कानुन व्यवसायी अर्थात वकिल हुन । उनले सामाजिक उत्पिडनमा परेका समुदायका लागी निःशुल्क कानुनी परामर्श समेत गर्दै आइरहेका छन् । विषेशतः महिला हिंसाका विरुद्धमा उनि कडा रुपमा प्रस्तुत हुने गर्दछन् । शालिन, मृदुभाषी अधिवक्ता शर्मा अन्तराष्ट्रिय स्तरमा भएका घटनाहरु जस्तै, सिमा विवाद लगायतका विषयमा पनि आवाज उठाउने गर्दछन् ।
उनले नेपाल –भारत, भारत–भुटान, भारत–चिन, भारत –पाकिस्तान र भारत भित्रै पनि विभिन्न भारत राज्य एकिकरण गर्ने वा अन्य भारत वर्ष भित्रका विभिन्न राज्यहरुलाई भारतमा गाभ्ने क्रममा भएका विविध विषयहरुमा समेत गहन अध्ययन गर्दै यसलाई स– प्रमाण आम मानिसहरुमा प्रस्तुत गर्ने कार्यमा पनि अग्रसर हुने गर्दछन् र विभिन्न भिडियोहरुबाट लेख प्रकाशन गर्ने कार्यहरु समेत गर्दै आइरहेका छन् ।
राजेन्द्र शर्मा, उनि बहुआयामिक व्यक्तित्व भित्र पर्दछन् । उनि कानुनी परामर्ष भन्दा बाहेक सामाजिक सचेतना र भाषिक प्रवद्र्धनका विभिन्न कार्यहरुमा पनि संलगन रहने गर्दछन् त्यसकै पछिल्लो उदाहरण हो नेपाली भाषा र थारु भाषामा रेकर्ड गरिउको सद्भाव गीत “मै हुं थारु नेपाली” नेपाली समुदाय र थारु समुदाय विच आपसी भाइचारा र सद्भाव हुनु पर्छ भन्ने भाव बोकेको यस गीतलाई दर्शक स्रोताहरुले अत्याधिक मन पराएका छन् र यसै गीतबाट पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा गत चैत्र २६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा सर्वोत्कृष्ट थारु भाषाको गीत तर्फको अवार्ड जित्न सफल भएका हुन् । अधिवक्ता शर्माको गीत संगीत प्रतिको लगाव र भाषा भाषीको प्रवद्र्धनका लागी गरेको कार्यलाई सवैले प्रशंसा समेत गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा दिन प्रतिदिन चर्चा बटुल्दै छन् सनम कठायत । बास्तवमा भन्ने हो भने सनम कठायत पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल हुन् । करिब ८ वर्ष अघि म्युजिक भिडियोमा अभिनय यात्रा शुरु गरेका उनले हालसम्म झण्डै ६ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । प्राय जसो उहाँले अभिनय गरेका हरेक गीत उत्तिकै चर्चित नै छन् । यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट मोडलको आधुनिक÷पप विधा तर्फको अवार्ड “दोष” बोलको आधुनिकगीत मार्फत उचाल्न सफल भएका छन् । सुदुरपश्चिमबाट आएर राजधानीमा गीत संगीत क्षेत्रमा सदावाहार मोडलका रुपमा चर्चा कमाउदै गएका कठायतको गीत संगीत प्रतिको माया र लगावले निरन्तरता पाओस शुभकामना ।

नेपाली गीती लेखनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी स्रष्टा हुन सामना शाह । जाजरकोटको खलंगामा जन्मिएकी शाह लामो समय देखी नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय रहेकि छिन् । साधना म्युजिक क्रियशन मार्फत नेपाली गीत संगतिको प्रवद्र्धनमा सक्रिय रहेकी शाहले यसै कम्पनी मार्फत थुप्रै गीत संगतिकर्मीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले उनिहरुले श्रृजना गरेका गीत संगीतहरुको बजार व्यवस्थापन समेत गर्दै आइरहेकी छिन् । यसका अलावा कलाकारहरुलाई गीत संगीत क्षेत्रमा सक्रिय रहुन भन्ने उदेश्यले नेशनल साधना म्युजिक अवार्डको आयोजना समेत गर्दै आइरहेकी छिन् ।

आफुलाई पुर्णरुपमा नेपाली सांगीतिक क्षेत्रमा समर्पण गरेकी गीतकार सामना शाहको पछिल्लो गीत “पानी पाए पछि” बजारमा चर्चाको शिखरमा रहेको गति हो । लोकदोहोरीकी सदावहार गायिका विष्णु माझी र गायक भागिरथ चलाउनेको स्वर रहेको गीतको गीतकार समाना साह हुन ।
नेपाली चलन चल्तिका शब्दहरुलाई प्रयोग गरेर तयार पारेको गीत “पानी पाए पछि”ले यस वर्ष पावर इन्टरनेशनल मिडियो नेपालले राजधानी काठमाण्डौमा यहि चैत्र २६ गते आयोजना गरेको “चौथो राष्ट्रिय समावेशी म्यजिक अवार्ड (निम अवार्ड) २०२१” मा लोकदोहोरी विधा तर्फ सर्वोतकृष्ट गीतकारको अवार्ड जित्न सफल भएको छ ।

सम्राट दाहाल विलक्षण प्रतिभाका धनी बाल प्रतिभा हुन् । उनले छोटो समयमै आफुलाइ थुप्रै मानिसहरुको भिडमा परिचित बनाएका छन् । हुन त कलकारिता क्षेत्रमा लाग्न परिवारिक पृष्ठभुमी र पारिवारिक वातावरणको पनि आवश्यकता पर्दछ । सम्राटका बुबा सुमन दाहाल चलचित्रका निर्देशक हुन नेपाली चलचित्र क्षेत्रमा सुमनको आफ्नै छुट्टै पहिचान पनि छ । सुमन सम्राटको कलाकारिता यात्राको पहिलो खुट्टीलो पक्कै पनि हुन । सम्राटलाई कलाकार बनाउनको लागि सुमनले प्रयास पनि गरेका छन् तर सम्राट आफैमा योग्य कलाकार बन्ने खुबी राख्दछन् । उनको पछिल्लो भिडियोहरुले यो कुरालाई पुष्टी गर्दछ ।
सम्राटले “ढाकाटोपी, नेपाली वर्णमाला, नेपाली स्वरवर्णपाठ, नेपाली अंकगण्ीत” लगायत आधा दर्जन गीतहरुमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका भिडियोहरुलाई आमदर्शकहरुले मन पराएका पनि छन् र सम्राटको अभिनय रहेको भिडियोहरुले नेपाली विद्यार्थीहरुलाई पठन पाठनमा पनि मद्धत पुगेको छ । यी सबै गीतका भिडियोहरुको निर्देशन सुमन दाहालले गरेका हुन् ।
अमेरीकामा आफ्नो बुबा आमा संगै बस्दै आएका सम्राटले अभिनय गरेको गीतले नेपाली बालबालिकाहरुको पढाईमा समेत विषेश योगदान पुर्याउने सिकाई मुलक गीत “नेपाली वर्णमाला”बाट पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुती रहेको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड(निम अवार्ड) २०२१” मा सर्वोत्कृष्ट बालप्रतिभाको अवार्ड जित्न सफल भएका छन् । साथै यसै वर्ष उनले नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७ मा पनि सर्वोत्कृष्ट बालप्रतिभाको अवार्ड जित्न सफल भएका छन् । हामी सम्राट दाहालको उज्जल भविष्य र कलाकारिता क्षेत्रको निरन्तरताको लागि कामना पनि गर्दछौं ।

नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय बालप्रतिभाहरुको आकर्षण बढ्दो छ । यसरी बालप्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागी स्वयम् ति बालप्रतिभाका अभिभावकहरु र विद्यालयहरुको प्रमुख हात रहने गरेको पाइन्छ । तिनै भाग्यमानी बालप्रतिभाहरु मध्येका एक हुन ऋतिक शर्मा । ऋतिक शर्मामाका पिता प्रसिद्ध कानुन व्यवसायी हुनुका साथै गीतकार,संगीतकार र गायक पनि हुन भने शौखिन अभिनेता पनि हुन । चेतानमुलक र सामाजिक सद्भाव बढाउने गीतहरुमा विषेश रुपमा उनै अधिवक्ता, कलाकार राजेन्द्र शर्मा ऋतिकका बुबा हुन र उनैले ऋतिकलाई कलाकारिता क्षेत्रमा अघि बढ्न प्ररित गरेका हुन ।
ऋतिक शर्माको पहिलो प्रयास रहेको गीत “मै हु थारु नेपाली” बोलको गीतले ऋतिकलाई नेपाली कलाकारिता क्षेत्रको लागी स्वर्ण ढोका खुलेको छ । गीत र भिडियो बजारमा आएको छोटो समयमै दर्शक एवं श्रोताहरुले गीतलाई असाध्यै मन पराएका छन् । नेपालमा हुने जातिय र भाषिक विभेदलाई अन्त्य गर्न यस्ता गीतहरुले महत्वपुर्ण योगदान दिएको मान्न सकिन्छ ।
विषेशत थारु भाषी र नेपाली भाषीहरुको संस्कृतिक र भाषीक सद्भावलाई महत्व दिएको यसै गीतबाट पावर इन्टरनेशनल मिडियो नेपालको प्रस्तुती रहेको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)२०२१” मा ऋतिक शर्माले सर्वोत्कृष्ट वालप्रतिभाको इन्करेज्मेन्ट अवार्ड जित्न सफल भएका हुन । बालप्रतिभा शर्माको उज्जल भविष्यको कामना गर्दछौं । कलाकारिता क्षेत्रको निरन्तरताको आग्रह समेत आयोजकले गरेको छ ।

समाज सेवामा आफुलाई हरदम तयार राख्ने लोकप्रिय मोडल शिलाष्मा हमाल लामो समय देखी आफुलाई मोडलिङ पेशामा आवद्ध गराउदै आएकि छिन् । गीत संगीत भने पछि हुरुक्कै हुने हमालले हाल सम्म थुप्रै गीतहरुमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन् । पछिल्लो पुस्ताका कलाकारहरुको मनमस्तिष्कमा आफुलाई छाउन सफल मोडल हमालले लाखौं करोडौंको दर्शकहरुको मन जितेकी छिन् । गीत संगीत र समाजसेवालाई संग संगै लिएर आफुलाई क्रियशिल र सक्रिय राख्दै आएकी हमालले हाल सम्म सयौ. गीतहरुमा अभिनय गरिसकेकी छिन् । उनको शिल स्वभावमात्रै नभएर उनको अभिनय क्षमताको समेत कदर गर्दै विभिन्न संघ संस्थाहरुले सम्मानीत समेत गरिसकेका छन् । यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट मोडलको आधुनिक विधा तर्फको अवार्ड “क्यावात” बोलको आधुनिक गीत मार्फत प्रदान गरिएको छ ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा २०७७ चैत्र २६ गते बिहिबार काठमाडौंमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय समावेशी म्युजिक अवार्डमा प्रधानमन्त्री केपी शर्मा ओली सहित गीतकार समिर खान सर्वोत्कृष्ट गीतकारको अवार्ड पाउनु भएको छ । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको “चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड २०७७ मा गीतकार समिर खानद्वारा रचना गरिएको राष्ट्रिय गीत “मिथिला हमार जान” ले उहाँलाई सर्वोत्कृष्ट गीतकार बनाएको हो ।
“मिथिला हमर जान” गीत धार्मिक जातपात, हिन्दु, मुस्लिम गरीब धनी सबै धर्मावालाम्बिहरुलाई वर्णन गरि बनाएको एउटा राष्ट्रियता झल्काउने एकदमैं ज्ञान मुलक गीत रहेको छ । “मिथिला हमर जान” गीतमा मिथिला क्षेत्रकै दिग्गज कलाकारहरुको समावेशीका साथ तयार परिएको हो । गीतकार खानले अहिले सम्म १०० भन्दा बढि गीतहरु बजारमा ल्याईसकेका छन त्यस्तै सन् २०२० मा पनी सहयोगीको रुपमा तेस्रो संस्करणको नेशनल पवार न्युज म्युजिक अवार्डले गीतकार खानलनई कदर गरेको थियो ।
यसै गरी चौथो संस्करणमा फेरी चौथो संस्करण को सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएका छन् । खान आहिले मैथिली क्षेत्रकै सर्वोत्कृष्ट गीतकार बन्न सफल भएका छन ।“मलाइ यति माया र यति सानो समयमा मेरो कलाको सम्मान स्वरुप निम अवार्ड मैले प्राप्त गर्न पाउदा आयोजक र सम्पुर्ण नेपाली जनताहरु जसले भोट गरेर मेरो लेखनमा रहेको“मिथिला हमार जान” बोलको मैथिली गीतलाई नेपालकै सर्वोत्कृष्ट अवार्ड बाट समानित गराई दिनुभएकोमा सम्पुर्ण निर्णायक तथा श्रोताप्रति आभार प्रकट गर्दछु” उनले भनेका छन् ।

समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् । समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा विरुद्ध शसक्त मोर्चा बनाएर काम गर्न रुचाउने खत्रीको “बोकी संधै दुनियाँमा चेतनाको भारी” बोलको चेतनामुलक गीत लोकप्रिय बन्दै गएको छ ।
हाल सम्म दर्जनौ नारीशसक्तिकरण सम्बन्धी गीतहरुमा आवाज दिईसकेकी खत्रीले समाज परिवर्तनका क्षेत्रमा गीत संगीतका माध्यमबाट ठुलो योगदान दिएकी छिन । उनको कला र सेवाको प्रशंसा नेपाली गीतसंगीत बजारले गर्दै आइरहेको छ । खत्रीको लगनशिलता र कलाकारिताको सम्मान गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरुले अभिनन्दन समेत गरिसकेका छन् ।
यहि चैत्र २६ गते राजधनी काठमाण्डौमा सम्पन्न भएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ”चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१” बाट उत्कृष्ट मौलिक गायिकाको मौलिक विधा तर्फको इन्करेज्मेन्ट अवार्ड “बोकी सधै दुनियँमा” बोलको मौलिकगीत मार्फत उचाल्न सफल भएकी छिन् ।

नेपाली गीत संगीतको क्षेत्रमा चर्चामा रहने नाम मध्यको एक नाम हो निरुता खत्री । विषेशत नेपाली लोक गीत संगीतमा आफ्नो दक्षता प्रस्तुत गर्ने गायिका खत्री डेउडा भाकाका थुप्रै गीतहरु दर्शक श्रोतमाझ प्रस्तुत गरिसकेकी छिन् ।
भाषिक एवं सांस्कृतिक रुपमा सम्पन्न एवं उर्वर भुमि अछामबाट नेपाली गीत संगीतको क्षेत्रमा क्रियशिल गायिका निरुता खत्री देश तथा विदेशमा हुने थुप्रै स्टेजमा पुगेर आफ्नो भाका र मौलिकतालाई पस्कने गर्दछिन् । उनले स्टेजमा दिने प्रस्तुती र गायिकालाई दर्शकहरुले अत्याधिक मन पराउने गरेका पाईन्छ, भने उनका समकालिन गायक गायिकाहरुले पनि गायिका खत्रीको खुलेर प्रशंसा गर्ने गर्दछन् । “अछाम डौठेगडा” बोलको गीतबाट गायिका निरुता खत्रीले “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१”मा डेउडा भाका तर्फको सर्वोकृष्ट गायिका (जुरी) अवार्ड जित्न सफल भएकि छिन् ।
यो अवार्ड नेपालमा बोलिने सवै भाषा र भाकाका गीत संगीतलाई प्रोत्साहन गर्ने नेपालको पहिलो समावेशी म्युजिक अवार्ड हो ।

कमल राज के.सी. नेपाली साहित्य एवं कविता र गीति लेखनको क्षेत्रका लागि उम्दा पात्रका रुपमा चिचिने गर्दछन् । विषेशत उनका कविताहरुको सर्वत्र चर्चा हुने गरेको पाइन्छ । कवितामा विभिन्न आयामहरुको खोजी गर्न सक्ने कमल राज के.सी. आम मानिसहरुको जिवनी र दैनिकीको सांकेतीक सम्बोधन गर्न सक्ने अद्भुत क्षमता रहेको छ ।
कवि एवं गीतकार कमल राज के.सी. कविका रुपमा मात्रै नभइ गीतकारका रुपमा समेत स्थापित भैसकेका छन् । उनले लेखेका कयौं गीतहरु स्वरबद्ध भएर बजारमा आईसकेका छन् भने कयौं गीतहरु रेकर्डिङ हुने तैयारीमा रहेका छन् ।्
लोकप्रिय गायिका मेलिना राईको स्वर गायिका संगीतकार अश्मि रिसालको संगीत रहेको गीत “कस्को मुटु कती दुख्छ” लाई पनि कवि एवं गीतकार कमल राज के.सी.ले नै लेखेका हुन ।
सोही गीतबाट “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा सर्वोत्कृष्ट नव गीतकारको रुपमा कवि एवं गीतकार कमल राज के.सी.ले जुरी अवार्ड जित्न सफल भएका छन् । निम अवार्ड नेपालको पहिलो समावेशी म्युजिक अवार्ड हो ।

गीतकार ज्ञान बहादुर लामा नेपाली गीत संगीतक क्षेत्रमा आफुलाई स्थापित गराउने क्रममा रहेका गतिकार हुन । रामेछापमा जन्मिएका गीतकार लामा नेपाली साहित्यमा चाख राख्ने गर्दछन् । हुन त उनि पेशागत रुपमा एक सफल व्यवसायिक र बैङ्कर्स(सहकारी विज्ञ) पनि हुन । उनले गीत संगीत क्षेत्रलाई चाहेर पनि प्रयाप्त समय दिन भने सकेका छैनन् तथापी आफ्नो कार्य व्यस्तताका बावजुद पनि उनले आफुले सकेको योगदान नेपाली सांगीतिक क्षेत्रको लागि दिईरहेका छन् । भद्र, सालिन स्वभावका ज्ञान बहादुर लामाले लेखेको “त्यो रात” बोलको गीतले नेपाली गीत संगीतका श्रोता एवं समिक्षकहरुको मन जिन्त सफल भएको थियो ।
पावर ईन्टरनेशनल मिडिया नेपालले २०७७ चैत्र २६ गते राजधानी काठमाण्डौमा आयोजना गरेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा आधाुनिक पप विधा तर्फ सर्वोत्कृष्ट नवगीतकारको अवार्ड जित्न सफल भएका छन् ।

अनु चौधरी सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा जन्मिएकी अहिलेकी चल्तीकी गायिका हुन अनुचौधरी । विषेशत थारु भाषाको गीत संगीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गायिका चौधरीको पहिलो गीत हो “माटी कोरै गैली हो रामा” जुन गीतले थारु समुदायमा अनुलाई चर्चाको शिखरमा पुर्यायो यस विचमा उनले १ सय भन्दा बढी थारु भाषाको गीतहरुमा आफ्नो स्वर दिइसकेकी छन् ।
निक्कै सुमधुर स्वरकी धनी गायिका अनु चौधरीको पहिलो नेपाली गीत हो “मरे भने मरेको पल तिम्रै काखैमा हुँ” तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको उक्त गीतमा अनुलाई स्वरमा साथ दिएका थिए गायक दिपक लिम्बुले ।(स्रोतः थारु ग्यालरी युटुव च्यानलबाट लिएको हो ।)
गीत संगीत क्षेत्रमा प्रवेश गरेको थोरै समयमै उनले थारु, नेपाली, हिन्दी गरेर २ सय भन्दा बढी गीतमा आफ्नो स्वर प्रस्तुत गरिसकेकी छिन् ।२०७७ साल चैत्र २६ गते राजधानी काठमाण्डौमा पावर इन्टरनेशनल मिडिया नेपालले आयोजना गरेको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२१” मा गायिका अनु चौधरीले “सुस्तरी सुस्तरी” बोलको गतिबाट आधुनिक विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकि हुन् । निम अवार्ड नेपालको पहिलो समावेशी म्युजिक अवार्ड हो ।

नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा चर्चामा रहेका हरिोहरु मध्य एक हुन प्रदिप बास्तोला । रंगमञ्चबाट निखारिएर उनि नेपाली चलचित्रमा प्रवेश गरेका हुन । अर्धकट्टी शुभ लाभ, कथा काठमाण्डौ, पलांस, लभ यु बावा, कलिउड लगायतका चलचित्रहरु संग उनि जोडिएका छन् । चलचत्रिका विभिन्न आयामहरुमा काम गरेका नायक प्रदिप रंगमञ्चमा काम गर्दा आनन्द आउने बताउँछन् । उनि संगीत, गायक, लेखन लगायत विभिन्न विधामा दख्खल राख्दछन् । पछिल्लो समय आफ्नो युटुव च्यानल मार्फत पनि दर्शकहरुमाझ आफ्नो उपस्थिती जनाईरहेका छन् ।
वि सं २०७७ साल चैत्र २६गते राज धानी काठमाण्डौमा पावर इन्टरनेन्शल मिडिया नेपालले आयोजना गरेको “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)२०२१” मा प्रदिपले “पिपल चौतारी” बोलको गीतबाट लोकपप विधा अन्तर्गत सर्वोत्कृष्ट मोडल/अभिनेताको अवार्ड जित्न सफल भएका छन् ।
निम अवार्डमा सर्वोत्कृष्ट मोडल, अभिनेताको अवार्ड जितेका नायक प्रदिप वास्तोला संग पावर न्युज मासिक पत्रिकाका संवाददाताले सोधेको ४ प्रश्नको प्रस्तुती प्रस्तुत गरेका छौं ।
१. कला के रहेछ त?
वातावरण र कल्पनाबाट प्रेरित भइ ब्यक्तिको मनमा अथवा समुहको कति कौतुहलता र कति निष्कर्षमा उब्जेका भावनालाइ अर्को ब्यक्तिको मनसम्म अथवा समुहमा पुर्याउन मद्दत गर्ने आकर्षक शैलि हो कला हो भन्ने लाग्दछ, यो ’मोह’ रुपि साधनको कुनै एउटै निश्चित आकार वा परिबन्ध हुदैन, जानेर होस वा नजानेर धेरै मान्छे कला मार्फत नै सञ्चालित छन् ।् कतिले त यस्को दुरुपयोग गरेर उद्दण्डै मच्चाउछन् अनि यो औचित्यहिन हुन जान्छ तर कलालाइ आफुभित्र शान्तिसगँ जिवित राख्न अनि यस्को मर्यादा जोगाइराख्न साधनाको आवश्यकता पर्छ । वास्तवमा, कला आफैमा अपुर्ण रहेछ, यो पुर्ण हुनका निमित्त साधकको आवश्यकता पर्ने रहेछ ।
२. के कलाकारिताबाटै आर्थिक र भौतिक हिसाबले सम्पन्न हुन सकिन्छ त ?
अवश्य सकिन्छ । अझ भन्ने हो भने अर्थ आर्जन गर्ने नै कलाबाट हो, किसानले उब्जाईको कला, डाक्टरले उपचारको कला, इन्जिनियरले निर्माणको कला, पत्रकारले लेखनको कला भने जस्तै अभिनेताले पनि अभिनयको कलालाइ नै माध्यम बनाएर भौतिक हिसाबले सबल हुन सकिन्छ । सबै क्षेत्रमा देशको राजनितिले प्रभाव पार्ने भएको हुनाले हाम्रालागि पनि त्यसको उचित व्यवस्थापन हुन भने जरुरी देखिन्छ ।
३. के आफ्नो पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो अभिनय पेशाको श्रोत भनेकै धेरै जसो समाजमा घटेका वा घट्नु पर्ने अथवा नघट्नु पर्ने घटनाहरुनै हुन् । यसमा मानव मनोविज्ञान अनि चरित्रहरु पनि पढ्न पाइने र धेरैको जिवनसगँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिन पाउने भएर धेरै सन्तुष्ट छु ।
४. अब नयाँ प्रोजेक्टहरु र नयाँ प्लानिङ्ग के के छ त ?
सद्भाव थिएटरका हामी राम केएसिको लेखन÷निर्देशन रहेको नाटक “यशस्वी भव “ साँस्कृतिक संस्थानमा मञ्चन गर्ने अन्तिम चरणको प्रकृयामा थियौ, हाललाइ कोभिडको कारण स्थगित छ । सम्भवतः यहि महिनामा टुङ्गो हुन्छ त्यसपछिको फिल्म छ तर त्यसको स्कृप्ट र टाइटल फाइनल हुदैछ भने म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्नको लागि पनि प्रस्तावहरु आइराहेका छन् । समय अनुकुल हुनासाथ सबै कामहरु गर्नेछु ।
“निम अवार्ड नेपालको पहिलो समावेशी म्युजिक अवार्ड हो ।”