Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काठमाडौंका पाँच तारे होटलमध्ये सबैभन्दा महँगो कुन?

Sunday, January 15, 2017 National Power

उपत्यकामा ८ वटा ५ तारे होटल छन्। होटल एभरेष्ट भने भूकम्पपछि बन्द अवस्थामा छ। अरु ७ वटा अहिले संचालनमा छन्। विदेशी पर्यटकहरुका लागि खोलिएका यी होटलहरु पछिल्लो समय स्वदेशी पर्यटकले नै भरिभराउ हुने गरेको होटल ब्यवसायीहरुले बताए।
आन्तरिक पर्यटकका कारण विभिन्न व्यवसायसँग सम्बन्धित धेरै क्षेत्र फस्टाएको नेपाल टुर्स एण्ड ट्रार्भल नाटोका महासचिव अमरबहादुर शाहीले बताए।
होटल रेष्टुराँदेखि ट्रार्भल एण्ड टुर्सजस्ता क्षेत्रको मागपनि बढेको छ। आन्तरिक होस् वा बाह्य उच्च होस् वा सामान्य बसैलाइ राम्रो सेवा दिने उदेश्यले सुबिधायुक्त पाँचतारे होटलहरुमा लगानी बढेको नेपाल होटल
महासंघका महासचिव विनायक शाहले बताए।
 काठमाडौंका संचालनमा रहेका विभिन्न पाँचतारे होटलहरुले नेपालीलाई कम शुल्कमा सेवा दिइरहेका छन् भने विदेशीलाई महँगो। काठमाडौंका पाँच तारे होटलमा एक जना नेपाली बसे कति लाग्छ त खर्च ? सबैभन्दा सस्तो होटल मल्ल रहेको छ भने सबैभन्दा महँगोमा र्याडिसन र सोल्टी होटल रहेका छन्।
होटल हायात रिजेन्सी 
होटल हायात रिेजेन्सी त्रिभुवन विमानस्थलभन्दा ३.७ किलोमिटरको दुरीमा रहेको छ। एयरपोर्टबाट १५ मिनेटमा पुगिने हायात होटल बौद्घ सडक खण्डमा पर्दछ।
हायात होटलमा एक रात बस्न चाहने नेपालीलाइ न्यूनतम नौ हजार नौसय ९९ नेपाली रुपैंया तोकिएको छ। यसमा थप २४.३ प्रतिशत सर्भिस चार्ज लाग्ने होटल हायातले जनाएको छ। बे्रकफास्ट, फिटनेश क्लब र स्वीमिङगचार्ज भने निशुल्क हुने होटल हायातले जनाएको छ।
होटल सोल्टी 
सोल्टी होटल ताहाचल मार्गमा रहेको छ। त्रिभुवन विमानस्थलबाट ८ किलोमिटरको दुरीमा छ ।
नेपालीको लागि होटल सोल्टीमा एक रातको सामान्य सिजनमा न्यूनतम १४२ डलर देखि सुरु हुने र यसमा थप २३ प्रतिशत अन्य शुल्क लाग्ने होटलले जनाएको छ। यसमा बे्रकफास्ट, स्वीमिङ र क्लबचार्ज भने नलाग्ने होटल सोल्टीले जनाएको छ।
होटल याक एण्ड यति
दरवारमार्गमा रहेको याक एण्ड यति त्रिभुवन विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ। व्यापारीक क्षेत्रमा रहेको याक एण्ड यतिमा नेपालीको लागि एक रातको न्यूनतम ११ हजार पाँचयस नेपाली रुपैंयाँदेखि २७ हजार सम्म रहेको होटलले जनाएकोे छ।  कर पनि लाग्ने होटलले जनाएको छ। बिहानको कफी होटलले निशुल्क दिन्छ भने  होटलभित्र स्वीमिङग, फिटनेस क्लबमा निशुल्क जान सकिन्छ।
होटल मल्ल
लैनचोर लेखनाथमार्गमा रहेको मल्ल होटल त्रिभुवन विमानस्थलबाट ५.८ किलोमिटरको दुरीमा रहेको छ। नेपालीको लागि मल्ल होटलमा एक रातको न्यूनतम सातहजार पाँचसय नेपाली रुपैँयादेखि १० हजार पाँचसय रुपैयाँ तोकिएको छ। यसमा ब्रेक फास्ट निशुल्कदिने होटलले जनाएको छ। साथै स्वीमिङग देखि फिटनेस क्लब निशुल्क छ।
होटल अन्नपूर्ण 
नेपालीको लागि अन्नपूर्ण होटलमा एक रातको न्यूनतम सिङगलमा आठ हजार आठसयदेखि डबलमा दशहजार पाँच सय लाग्छ। त्यसमा २४.३ प्रतिशत थप कर जोडिने होटलले जनाएको छ। यसमा होटलले बे्रकफास्ट दिने गरेको छ। साथै स्वीमिङग र १ घण्टा फिटनेस क्लबजान सक्ने होटलले जनाएको छ।
होटल साङग्रिला
लाजिम्पाटमा रहेको होटल साङिग्रला त्रिभुवन विमानस्थलबाट ६ किलोमिटरको दुरीमा रहेको छ। यस होटलमा एक जना नेपालीको लागि एक रातको न्यूनतम सिङगलको लागि १० हजार नेपाली रुपैंयाँ देखि डबलमा दशहजार पाँचसय शुल्क तय गरिएको छ। यसमा ग्राहकले थप २३ प्रतिशत अरु शुल्क तिर्नु पर्ने होटलले जनाएको छ। बे्रकफास्टदेखि स्वीमिङग र फिटनेस क्लबको शुल्क भने लाग्दैन।
होटल र्याडिसन
होटल र्याडिसनमा नेपालीको लागि एक रातको सामान्य ट्याक्स जोडेर १६ हजार देखि २० हजार सम्म रहेको छ। यसमा बे्रकफास्ट, स्वीमिङग र क्लबको चार्ज भने नलाग्ने होटल र्याडिसनले जनाएको छ।