Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ह्याप्पी होमलाई अधिकारीको सहयोग

Sunday, March 8, 2020 National Power

काठमाण्डौ – समाजसेवी वन्नको लागी धन मात्रै प्रयाप्त पनि होईन मन पनि फराकिलो हुन जरुरी छ त्यस्तै फराकिलो मनकी धनी हुन् दुवईमा कार्यरत रुमा अधिकारी । गत साता राजधानीमा रुमाले ह्याप्पी होमलाई रुपैया १० हजार सहयोग आर्थिक सहयोग गर्नु भएको छ । ईनास दुवईमा सदस्य समेत रहनु भएकी अधिकारीले कर्म थलो फर्किनु अघि उक्त रकम सहयोग गर्नु भएको हो । सहयोग रकम इनास एशिया संयोजक लोकराज अधिकारी लाई हस्तान्तरण गर्नु भएको थियो ।


ईनास एसियाका संयोजक अधिकारीले उक्त रकम ह्याप्पी होमकी संचालिका महिमा पोखरेललाई शुक्रवार नै हस्तान्तरण गर्नु भएको थियो । रुमाले यश अघि पनि संस्थालाइ चारसय दिराम सहयोग गर्नु भएको थियो ।

विगत एक दशक देखी निरन्तर रुपमा असाहाय वालवालिकाको शिक्षा दिक्षा, लालन पालन लगायत उज्ज्वल भविश्य निर्माणको लागी अहोरात्र कार्य गर्दै आईरहेको छ । संस्थाकी अध्यक्ष महिमा पोखरेलले समाजसेवी रुमा अधिकारीलाई हार्दिक धन्यवाद दिंदै रुमा लगायत ईनास परिवारले गरेको यस्ता सहयोगहरुले आफुलाई थप हौसला मिल्ने वताउनु भयो ।