Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न

Monday, November 10, 2025 National Power

काठमाडौं– पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ । सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, सल्लाहकार तथा व्यवसायी उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठसहितका व्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर भव्य शुभारम्भ गरिएको छ ।

दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोको आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू राखिएको छ । एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका छन् भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए। एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे
तर्फ़ ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् । दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिकाकी उप–मेयर श्री सुनिता डंगोल ज्यु उपस्थित हुनुहुँदै, उहाँले ग्राजुएट विद्यार्थीहरूलाई ऋभचतषष्अबतभ या ब्अअयmउष्किजmभलत प्रदान गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित क्याफे डिजाइन तर्फ़ उज्ज्वल शाही , सगुन पौडेल , दिपेश माली र अर्जुन तामांग क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा र थेसिस डिजाइन तर्फ़ उज्ज्वल शाही , प्राची ठाकुर , बालकृष्ण बस्याल मोहनी महर्जन क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतान, व्यवसायी श्री अनिल थामन, श्री उज्ज्वल कृष्ण श्रेष्ठ, तथा बरिष्ठ गायक श्री लाक्पा शेर्पाज्युहरू हुनुहुन्थ्यो। यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतानज्युले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजक रूपमा सहभागिता जनाइएको थियो।