Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै

Friday, March 15, 2024 National Power

काठमाडौं –  “युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष, सांस्कृतिक विविधताको उत्सव” नारासहित आयोजना हुन गैरहेको १३ औं संस्करणको  नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना हुने भएको छ । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षको विशेष अवसर भएकाले पनि यस वर्षको संस्करण अन्य बर्षहरुको भन्दा पनि महत्वपूर्ण रहेको युरोपियन युनियनको उपप्रमुख डा. जोएल इभोनेटले रहेको बताइन् । काठमाण्डौ सुन्धारास्थित सीटीसी सिनेमामा आगामी चैत ७ देखि १० गतेसम्म महोत्सव आयोजना हुँदैछ ।

राजधानी काठमाण्डौको अलावा युरोपियन युनियन चलचित्र महोत्सवलाई  अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा फिल्म स्क्रिनिङ हुनेछन् त्यसै गरी नेपालगञ्जमा अप्रिलमा १५ फिल्म स्क्रिनिङ हुनेछन् भने कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा समेत महोत्सव १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

ओपनिङ फिल्मको रुपमा ओस्कार अवार्डमा मनोनित मार्टिन म्याकडोनाग निर्देशित ‘द ब्यानसिस अफ इनीसेरिन’ छ । यो फिल्मको पुनः प्रदर्शन चैत ९ गते हुने जनाइएको छ । शान्ता नेपाली निर्देशित ‘डाय ड्रीम्स’ पनि स्क्रिनिङ हुनेछ । हरेक प्रदर्शनमा एउटा नेपाली र अर्को युरोपियन गरी दुई फिल्म देखाइनेछ । महोत्सवका लागि नेपाली सर्ट फिल्म छनोट गर्न प्रतिस्पर्धा आह्वान गरिएको थियो । विजेता फिल्मका निर्देशकहरु शरद ऋतुमा ब्रसेल्समा हुने नेपाली फिल्म महोत्सवमा सहभागी हुने जनाइएको छ ।

जसका लागि १० नेपाली छोटा फिल्म छनोट भएका थिए । ‘युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म हर्षित छु,’ उपप्रमुख इभोनेटले भनिन् ।

महोत्सवमा ९ युरोपेली सहित ११ नेपाली सर्टफिल्महरु प्रदर्शन हुनेछन् । युरोपेली लाइनअपमा ‘द ब्यानसिस अफ इनीसेरिन’सहित मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्ल्स (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्ट्स (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड )बुल्गेरिया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) छन् । भने नेपाली लाइनअपतर्फ शान्ता नेपालीको डाय ड्रिम्ससहित गोपाल आचार्य निर्देशित डिभिनेसन (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

उक्त महोत्सवमा चलचित्र समालोचना प्रतियोगिता समेत आयोजना हुने युरोपियन युनियनको उपप्रमुख डा.  इभोनेट बताईन् । प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा र समालोचनालाई“‘फिल्म क्रिटिक्स अवार्ड” प्रदान गरिने भएको छ ।