Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चौरीपालनमा प्रोत्साहन दिलाउन आमाछोदिङमोमा २२० जना गोठालालाई नि:शुल्क सोलार बत्ति वितरण

Wednesday, July 12, 2023 Devil Singh Rajput

रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बति निःशुल्क वितरण गरिएको छ। आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको याक, नाक चौरी, तथा भेडाबाख्रा गोठालोलाई प्रोत्साहन गर्न २२० जना गोठालालाई नि:शुल्क सोलार बति वितरण गरिएको हो ।

पालिका भित्रका उच्च स्थानका खर्कमा लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा भरपर्दो बत्तीको सुविधा नभएका अनकन्टार जङ्गलको बीचमा गोठमा बस्दै आएका गोठालो रातिको समयमा दुग्धजन्य पदार्थ उत्पादन,भण्डारण प्रशोधन,उनिहरूका बालबच्चाको पठनपाठनमा सहजता कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन होस् भन्ने हेतुले सोलार बति वितरण गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो । वन्यजन्तुबाट हुनसक्ने आक्रमण लगाएत यस क्षेत्रको गोठालोका परिवारलाई सुरक्षा तथा दैनिक कृयाकलापमा सहयोग पुर्‍याउने उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने पनि अध्यक्ष तामाङको विश्वास छ ।

गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाकाचौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थामा सोलार वत्ती प्राप्त गरे पछि सो वस्तीका गोठालाहरू हर्सित भएका छन् ।