Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

चलचित्र निर्माताद्वय राणा र श्रेष्ठ प्रदेश सभामा निर्वाचित

Friday, November 25, 2022 National Power

काठमाडौ – नेपाली चलचित्रका निर्माता तथा कलाकारहरु रोज राणा (सरोज थापा) र मदुकुमार श्रेष्ठ क्रमशः लुम्बिनी प्रदेश सभा र बाग्मती प्रदेश सभामा विजयी भएका छन् । दुवै जना नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।

लुम्बिनीको प्यूठान क्षेत्र नं. १ (ख)का उम्मेदवार राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले २२,५१८ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि प्रसाद रिजालले २०,८०७ मत प्राप्त गरे । सो क्षेत्रमा कुल १,२७,४४७ मतदाता रहेका छन् ।

त्यस्तै, बाग्मतीको धादिङ क्षेत्र नं. १ (क) का उम्मेदवार श्रेष्ठ कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले कुल १७,८३२ प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश कुमार आचार्यले १६,५४८ मत प्राप्त गरे । सो क्षेत्रमा कुल २,०६,००२ मतदाता रहेका छन् ।