Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

चलचित्र निर्माताद्वय राणा र श्रेष्ठ प्रदेश सभामा निर्वाचित

Friday, November 25, 2022 National Power

काठमाडौ – नेपाली चलचित्रका निर्माता तथा कलाकारहरु रोज राणा (सरोज थापा) र मदुकुमार श्रेष्ठ क्रमशः लुम्बिनी प्रदेश सभा र बाग्मती प्रदेश सभामा विजयी भएका छन् । दुवै जना नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।

लुम्बिनीको प्यूठान क्षेत्र नं. १ (ख)का उम्मेदवार राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले २२,५१८ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि प्रसाद रिजालले २०,८०७ मत प्राप्त गरे । सो क्षेत्रमा कुल १,२७,४४७ मतदाता रहेका छन् ।

त्यस्तै, बाग्मतीको धादिङ क्षेत्र नं. १ (क) का उम्मेदवार श्रेष्ठ कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले कुल १७,८३२ प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश कुमार आचार्यले १६,५४८ मत प्राप्त गरे । सो क्षेत्रमा कुल २,०६,००२ मतदाता रहेका छन् ।