Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’ गीतकार विश्व वल्लभलाई प्रदान गरियो

Thursday, August 4, 2022 National Power

काठमाडौं– टिकागोपाल एम क्रियशनको आयोजना तथा पिम नेपालको व्यवस्थापनमा गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’ गीतकार विश्व वल्लभलाई प्रदान गरिएको छ । टिकागोपाल एम क्रियसनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेल कुद मन्त्री महेश्वर जंग गहतराज अथक प्रमुख अतिथि रहनुभएको थियो ।

साथै विशिष्ठ अतिथिमा कार्यक्रमका प्रमुख सल्लाहकार एवं वरिष्ट संगीतकार एवं गाएक शम्भूजित बासकोटा, बरिष्ट लोक गायिका चन्द्रकला शाह, ईनास अमेरिकाका क्षेत्रीय सभापति आनन्दु थिङ, सत्यनिररुपण तथा मेलमिलाप आयोजकी पुर्व सदस्य विष्णु  पोखरेल, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, कृष्ण भट्टराई, डब्बु क्षेत्री, कमला जोशी, बरिष्ठ संगीत संयोजक अमुल कार्की ढली, चलचित्र निर्देशक माधव राज खरेल, चर्चित संगतिकार सन्तोष श्रेष्ठ, अभिनेता श्रीदेव भट्टराई, भिडियो निर्देशक हेम प्रभाष, भिडियो निर्देशक समन अधिकारी, संगतिकार विपिन आचार्य, लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले गीतकार वल्लभलाई ५१ हजार रुपैयाँ नगद राशि, दोसल्ला तथा सम्मान–पत्रसहित उक्त समारोहमा पुरस्कृत गरेका हुन् ।

पुरस्कारको यो दोस्रो संस्करण हो । अघिल्लो वर्ष लोकगायिका चन्द्रकला शाह शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो । गीतकार वल्लभले धेरै दिन भो तिम्रो झझल्को, तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, “भाग्यले खुशी खोसेर लग्या, सबैबाट फ्याकिएका, च्यातिदेउ जस्ता दर्जनौं लोकप्रिय गीतहरु रचना गरेका छन् । प्रमुख अतिथि मन्त्री गहतराजले जीवनभरी गीत–संगीतको माध्यमबाट देशलाई योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरे ।

मन्त्री अथकले विपिलाई सम्झदै भने “म नास्तिक हुं तर म गीत संगीतमा ईश्वर देख्छु” कलाकार र खेलाडीको माध्यमबाट मात्रै नेपाललाई संसार भरि चिनाउन सकिने तर्क मन्त्री अथकको रहेको छ । त्यसै गरि विशिष्ट संगीतकार शम्भूजित बासकोटाले लोकप्रिय गायक कन्हैया सिंह परियार र चर्चित गायिका अन्जना गुरुङको कार्यलाई सादुवाद दिदै यसको निरन्तरताको लागि पनि आग्रह गरेका छन् । गीतकार बल्लभ पुरानो र नयाँ पुस्ताका नयाँ गतिकारहरुका सेतुका रुपमा रहेकोले यस्ता सर्जकहरुलाई सबैले प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । समारोहमा पुरस्कृत गीतकार वल्लभलाई वधाइ दिँदै संगीतकार शम्भूजीत बासकोटाले नेपाली सुगम संगीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका गीतकार वल्लभको प्रसंसा गरेका थिए ।

त्यसै गरि नेपाली गीत संगीतको क्षेत्रमा गायक जोडी कन्हैया र अन्जना योगदान विशिष्ट रहेको र यस्ता कार्यहरुले निरन्तरता पाउनेमा आफुहरु विश्वस्थ रहेको कार्यक्रमका संयोजक समेत रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।
चर्चित सञ्चारकर्मी एवं प्रस्तोता हेम सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा लोकप्रिय गायक कन्हैया सिंह तथा चर्चित गायिका अञ्जना गुरुङकी मोडेल सुपुत्री अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने गाायिका माण्डवी त्रिपाठी तथा जमुना शर्माले गीत गाएका थिए । र सोहि समारोहमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको शब्द संगीतमा तयार भएको गीत “नजर नजरको” को भिडियो समेत प्रदर्शनी गरिएको थियो । गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङ साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।