Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

Friday, August 28, 2020 National Power

काठमाडौं- रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरिले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकिमा राखिएको छ । बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।