Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

Sunday, August 23, 2020 National Power

डोटी – गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गरे ।

उनले भने ‘चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा त बस्नु परिहाल्यो नि ।’ भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका मुख्यमन्त्री भट्टसंगै उनको परिवारका सदस्यहरु पनि गएका थिए ।

परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएका ओलीले बताए ।

ओलीले मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको बताए ।