Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

मेस्सीको अधिपत्य तोड्दै इमोबिलेलाई ‘युरोपियन गोल्डन शु’

Sunday, August 2, 2020 National Power

एजेन्सी – लाजियोका स्ट्राइकर सिरो इमोबिलेले सर्वाधिक गोलकर्तालाई दिइने सिरिए ए को गोल्डन बुट र युरोपियन गोल्डन शु जित्न सफल भएका छन् । इमोबिलेले इटालीको शीर्ष लिगमा गोन्जालो हिग्वाइनले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेको कीर्तिमान पनि बराबर गर्न सफल भएका छन् ।

नापोलीसँग ३–१ को पराजय ब्यहोर्ने क्रममा ३० वर्षीय खेलाडीले गोल गर्दै उक्त कीर्तिमान बराबरी गर्न सफल भए । फाबियन रुइजले नापोलीलाई अग्रता दिलाएपछि लाजियोका लागि इमोबिलेले बराबरी गोल फर्काएका थिए । तर, लोरेन्जो इन्सिग्ने र माटेयो पोलिटानोले गोल गर्दै नापोलीलाई जित दिलाए ।

उता, युभेन्टसले अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो । उनले यो सिजन ३१ गोल गर्न सफल भए । २३ गोलसहित तेस्रो स्थानमा इन्टर मिलानका रोमेलु लुकाकु रहे । युरोपका शीर्ष लिगमध्येका सर्वाधिक गोलकर्तालाई युरोपियन गोल्डन शुको अवार्ड दिइन्छ । यो सिजन इमोबिलेपछि बायर्न म्युनिखका रोबर्ड लेवान्डोस्की दोस्रो र रोनाल्डो तेस्रो स्थानमा रहे ।

यता, इटालियन सिरिए ए मा उनको यो तेस्रो गोल्डन बुट हो । उनले यसअघि सन् २०१३–१४ र सन् २०१७–१८ मा पनि यो उपाधि हात पारेका थिए । सन् २००६–०७ सिजनमा रोमाका लागि फ्रान्सिक्सको टोटीले गोल्डन शु जिते यता स्पेनिस ला लिगाको कुनै खेलाडीले यो नजितेको या संयुक्तरुपमा हात नपारेको यो पहिलो अवसर हो ।  बार्सिलोनाका लियोनेल मेस्सीले पछिल्ला तीन सिजन यसमाथि कब्जा जमाउँदै आएका थिए । यस सिजन २५ गोल गरेका उनी लिगका सर्वाधिक गोलकर्ता भने बन्न सफल भए ।