Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

यसरी गरियो छठको बिदाइ

Sunday, November 3, 2019 National Power

काठमाडौं- यस वर्षको छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ । ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजनकीर्तन गर्दै जाग्राम बसेर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । छठ पर्व चार दिनसम्म चले पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने दिन विशेष मानिन्छ । काठमाडौं उपत्यकासहित तराई–मधेसवासीले नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट आइतबार उदाउँदो सूर्यलाई अर्घ दिए घर फर्किएका छन् । घर फर्किने क्रममा व्रतालुहरुले वेदना र छठी माताको महिमा गाउने तथा छठ पूजा समापन गरी चेलीबेटीलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने चलन छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । विगतमा मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने छठ पर्वलाई हाल काठमाडौं उपत्यकासहित देशभरका पहाडे समुदायले पनि विशेष आस्था र भक्तिपूर्वक मनाउँदै आएका छन् । काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, नाग पोखरी, गुहेश्वरी, बागमती, विष्णुमतिलगायतका स्थानमा पनि छठ पर्व मनाउनेहरुको विशेष चहलपहल छ ।