Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विषादी नजाँच्नेसहित निकासी पैठारी आदेशमा तीन संशोधन

Monday, July 8, 2019 National Power

काठमाडौं – नयाँ संशोधनसहित असार २ गतेबाट कार्यान्वयनमा आएको निकासी पैठारी आदेशमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेसहित अन्य दुई विषय पनि पुनःसंशोधन गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नयाँ संशोधनले जीवनरक्षक औषधिको भन्सार बिन्दुमा आइपुग्दा हुने उपभोग अवधि घटाएको छ भने नयाँ आदेश लागू हुनुपूर्व प्रतीतपत्र र बैंकिङ प्रक्रिया पुरा गरी आयात प्रक्रियामा रहेका वस्तुमाथिको प्रतिबन्ध पनि हटाइएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेर राजपत्रमा प्रकाशन तयारीमा रहेको नयाँ संशोधनले औषधिको उपभोग अवधि भन्सार विन्दुमा आइपुग्दा ७५ प्रतिशत रहने प्रावधानलाई ६० प्रतिशतमा झारेको छ ।

जेठ १० गतेको मन्त्रिपरिषद्बाट स्वीकृत निकासी पैठारी आदेशको भाग ५–प्रकरण (४), खण्ड (ढ) अन्तर्गत क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थको पैठारीमा पूर्ण प्रतिबन्ध, सोही सूचनाको प्रकरण (६)खण्ड (ख)अन्तर्गत उपभोग्य वस्तुको पैठारी गर्दा भन्सार विन्दुमा आइपुग्दा रहने वस्तुको उपभोग अवधि ७५ प्रतिशत हुनुपर्ने र प्रकरण (६) को खण्ड (ग) को ताजा तरकारी तथा फलफुल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान पुनः परिमार्जन गरिएको हो ।