Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

एनसेल बमकाण्डका आरोपीले छाडे विप्लव समूह

Tuesday, May 28, 2019 National Power

काठमाडौं – ललितपुरको नख्खुमा एनसेल प्रा.लि।को मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले विप्लव समूह परित्याग गरेका छन् । समूहको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले समूह छाडेको घोषणा गरेका हुन् ।

समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् । उनी समूहको मध्यकमाण्ड सचिव थिए । कार्की र घिमिरे पनि मध्यकमाण्डमै कार्यरत् थिए ।

शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छाडेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले लिखित रुपमै पार्टी परित्याग गरेका घोषणा गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । उनले अनलाइनखबरसँग भने, ‘उहाँहरुले राजनीतिक भूमिका त्यागेर सामान्य जीवनयापन गर्न चाहेको उल्लेख गर्नु भएको छ ।’

यसअघि आइतबार अपराह्न काठमाडौंको सुकेधारा र घट्टेकुलामो भएको बम विष्फोटमा परेर विप्लव समूहकै ४ जना कमाण्डरको मृत्यु भएको थियो । घटनामा ६ जना घाइते छन् । नख्खु विष्फोटमा पनि एक जनाको मृत्यु भएको थियो ।