Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

डा. डीआर उपध्यायको ‘लट्ठै बनायो‘’

Monday, December 3, 2018 National Power

काठमाडौं- डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत रहेको निकै राम्रो गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो ।
सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।


डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।
साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।
उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।


साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।