Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा प्रतिष्ठित श्रेणीको श्रष्टारकलाकार ‘परिचय पत्र’ वितरण

Thursday, August 30, 2018 National Power

काठमाडौं, १४ भदौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज श्रष्टा, कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले ६० जना प्रतिष्ठित श्रेणीका श्रष्टा कलाकारहरुलाई परिचय पत्र वितरण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आयोजित कार्यक्रमको सभापतित्व प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ९सरुभक्त०ले गरेका थिए । कार्यक्रममा उपकुलपति तथा परिचयपत्र वितरण समितिका संयोजक शम्भुजीत बासकोटा लगायत प्रतिष्ठानका परिषद् सदस्य, सभा सदस्य र अग्रज प्रतिष्ठित कलाकर्मीहरुको सहभागिता रहेको थियो ।स्वागत मन्तव्यका क्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले श्रष्टा तथा कलाकार परिचयपत्र कलाकारहरुको एउटा परिचयात्मक प्रतिक भएको, यसले कलाकारहरुलाई पहिचान गराउनुका साथै विभिन्न स्थानमा परिचय प्रदान गर्नका लागि सहज हुने बताए ।

मन्तब्यकै क्रममा उपकुलपति शम्भूजीत बासकोटाले परिचय पत्र प्राप्त गर्ने श्रष्टा तथा कलाकारलाई सेवा सुविधा प्रदान गर्नका लागि वायुसेवा कम्पनी, श्वास्थ संस्था, यातायात, अस्पताल, बैंकहरु लगायतका क्षेत्रहरुसँग पहल भईरहेको र सकारात्मक प्रतिक्रिया समेत आइरहेको बताए । उपकुलपति बासकोटाले परिचय पत्र नेपाली तथा अंग्रेजी दुवै भाषामा वितरण गरिएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत श्रष्टाहरुको पहिचान दिलाउने बताए ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले आफ्नो मन्तव्य राख्दै साहित्य, कला, सङ्गीत र नाट्य मौलाएको देश मात्र खुशी हुने र यी विधाहरुको विकासले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहयोग पु¥याउने बताए । मन्त्री अधिकारीले रोयल्टी र परिचय पत्रका विषयमा पहिलेदेखि नैं पहल गरिरहेको जानकारी गराउँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले श्रष्टा तथा कलाकार परिचयपत्र वितरण गर्ने कार्य गरेकोमा धन्यवाद दिए