Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

स्कुलको खानेपानी ट्यांकीमा विष, १६ विद्यार्थी बिरामी

Tuesday, August 14, 2018 National Power

२९ साउन विराटनगर – उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा दुई विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका दुई जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाएको पाइएको छ । विद्यार्थीले धाराको पानी पिएलगत्तै वान्ता गरेपछि उनीहरुलाई उपचारको लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र लगिएको थियो ।
बिरामी विद्यार्थीमध्ये सृष्टि निरौला र खुश्बु मिश्रले लगातार वान्ता गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । अरु विद्यार्थीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रहरीका अनुसार विद्यालयको पानी टंयाकीमा साइपर मेथिन नामको विषदी हालेको पाइएको छ । यो सामान्य प्रकारको विषादी रहेको प्रहरीको भनाइ छ । पानीमा विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।