Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

Thursday, July 12, 2018 National Power

२८ असार, भक्तपुर -भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो । उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।