Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

सगरमाथा म्युजिक अवार्ड २०७५ हुदै

Tuesday, June 19, 2018 National Power

काठमाडौं – ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदैछ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पहिलो पटक हुने लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ५१ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने आयोजक रेस्पोन्सिभ मिडियाले जनाएको छ ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।