Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

यूवा प्रतिभा पुरस्कार २०७५ वाट खरेल सम्मानित

Tuesday, May 22, 2018 National Power

झापा – पछिल्लो समय यूवा पुस्तामाझ लोकप्रियता वन्दै गएका गायक अर्जुन खरेललाई यसै हप्ता झापामा एक कार्यक्रमको विच युवा प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित गरिएको थियो ।


वशिष्ठ आश्रम खरेल प्रवद्र्धन समितिले एक कार्यक्रमका अवसरमा अर्जुनलाई सम्मानित गरेको हो । गीत संगीत प्रतिको लगाव , समाजिक क्षेत्रको क्रियासिलता र प्रवासमा रहंदा नेपाली कलाकारीता क्षेत्रलाई पुर्याएको योगदानको कदर स्वरुप खरेललाई सम्मान गरिएको समितिले जनाएको छ ।


अघिल्लो वर्ष चर्चित गायक प्रमोद खरेललाई यसै समितिले सम्मान गरेको थियो । कार्यक्रम समितिका अध्यक्ष दिप खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।