Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

शीतलहर र प्रकोप पीडितको उचित व्यवस्थापन गर्न राष्ट्रपतिको अाग्रह

Monday, January 8, 2018 National Power

२४ पुस, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलहर र झाडापखला तथा ज्वरोका कारण मानवीय क्षती भएकोप्रति दुःख व्यक्त गरेकी छन् ।

केही दिनयता शीतलहरबाट तरार्इ क्षेत्रमा मानवीय क्षती भएको र पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट मानवीय क्षतीभएको भन्दै राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी हुन् ।

तराइ क्षेत्रलगायत देशभर बढेको चिसोले आम नागरिकको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण भएको समेत राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत वर्षहरुमा पनि यस किसिमका प्राकृतिक घटनाक्रमहरु हुने गरेको र यस वर्ष पनि पुनरावृत्ति भएकोले यस्ता घटनाहरुको उचित र दीगो व्यवस्थापनको लागि राष्ट्रपति भण्डारीले पूर्व तयारी हुनुपर्ने आवश्यकता औंल्याएकी छन् ।

राष्ट्रपति भण्डारीले शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण र गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रवन्ध मिलाउन आव्हान गरेकीछन् ।