Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

शीतलहर र प्रकोप पीडितको उचित व्यवस्थापन गर्न राष्ट्रपतिको अाग्रह

Monday, January 8, 2018 National Power

२४ पुस, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलहर र झाडापखला तथा ज्वरोका कारण मानवीय क्षती भएकोप्रति दुःख व्यक्त गरेकी छन् ।

केही दिनयता शीतलहरबाट तरार्इ क्षेत्रमा मानवीय क्षती भएको र पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट मानवीय क्षतीभएको भन्दै राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी हुन् ।

तराइ क्षेत्रलगायत देशभर बढेको चिसोले आम नागरिकको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण भएको समेत राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत वर्षहरुमा पनि यस किसिमका प्राकृतिक घटनाक्रमहरु हुने गरेको र यस वर्ष पनि पुनरावृत्ति भएकोले यस्ता घटनाहरुको उचित र दीगो व्यवस्थापनको लागि राष्ट्रपति भण्डारीले पूर्व तयारी हुनुपर्ने आवश्यकता औंल्याएकी छन् ।

राष्ट्रपति भण्डारीले शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण र गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रवन्ध मिलाउन आव्हान गरेकीछन् ।