Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

घुस लिँदालिँदै नाप तौल विभागका कर्मचारी पक्राउ

Thursday, September 7, 2017 National Power

२२ भदौ, काठमाडौं – नाप तौल विभागका तीनजना कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । काठमाडौंको बालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराम कोइरालाले जानकारी दिए ।
भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको उनले बताए । घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो ।