Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

नयाँ नेतृत्वका लागि क्रान्तिकारीको निर्वाचन आज हुँदै

Wednesday, August 30, 2017 National Power

१४ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदैछ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ ।