Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

राप्रपा केन्द्रीय कार्यसमिति बैठक सुरु

Wednesday, July 19, 2017 National Power


४ साउन, काठमाडौं – सरकारमा सहभागिता र संविधान संशोधनलगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भएको छ ।
कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित भएको छ । बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्धारा दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ । यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङगठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र बुधबारको बैठक सुरु गरिएको छ । अध्यक्ष थापाले गएको शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ ।