Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

विवाहको जीप बाढीले बगाउदा ४ जना बेपत्ता

Monday, July 10, 2017 National Power

२६ असार, पाल्पा – पाल्पामा विवाहको भोजमा गएर फर्किदै गरेको जीप बाढीले बगाउदा ४ जना बेपत्ता भएका छन । तानेसेन नगरपालिका–९ र मातगढी गाउँपालिका–३ अम्लियानको सीमामा पर्ने तिनाउ नदीमा आएको बाढीले लु १ ज १२ १७ नम्बरको जीप बगाउँदा त्यसमा रहेका चारजना बेपत्ता भएका छन् । जीपका चालक शक्ति श्रेष्ठलाई भने आफन्तले उद्धार गरेका छन् ।

आइतबार राति साढे २ बजेतिर जीप बाढीले बगाएको हो । नदीमा हराइरहेका चार मध्ये दुईजनाको मात्रै नाम खुलेको छ । बेपत्ता मध्ये तिलबहादुर गाहा र उनकी श्रीमती मायाको नाम खुलेको हो । एक पुरुष र एक महिलाको भने नाम खुलेको छैन । बाढीमा डुबेकाको उद्धारमा ढिलाई भएको पीडित परिवारले गुनासो गरेका छन् ।

चलिरहेको गाडी खोलामा पुग्दा एक्कासी बन्द भएपछि उनीहरुले सदरमुकाम तानसेनमा रहेका आफन्त र प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम तानसेनबाट चालक श्रेष्ठका आफन्त पुगेर डोरीको सहायताले श्रेष्ठलाई उद्धार गर्न सफल भएपनि अरु चारजना गाडीसहित बेपत्ता भएका हुन् ।