Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कारागारभित्रै कैदीद्वारा आत्महत्या

Thursday, June 15, 2017 National Power

१ असार, नेपालगन्ज – नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको जानकारी दिए । घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।