Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

हावाहुरीले बिद्युत सेवा अवरुद्ध, सयौं घरमा क्षति

Tuesday, June 6, 2017 National Power

२३ जेठ, बर्दिया – बर्दियामा गएराती आएको हावाहुरी र पानीले सयौ घरमा क्षति पुगेको छ भने बिद्युत सेवा पनि अवरुद्ध भएको छ। हावाहुरीले बिद्युतको पोल र तारमाथि रुखहरु ढल्नाले पोल तथा तारमा क्षति पुगेपछि गएरातीदेखि बिद्युत सेवा अवरुद्ध हुन पुगेको हो।

हावाहुरीले कोहलपुर प्रसारण लाईन र ग्रामीण क्षेत्रमा पनि नोक्सान गरेको र दिनभरी मर्मत गरि सांझ सम्म वा मंगलबार दिउसोसम्म बिद्युत सेवा संचालनमा ल्याईने नेपाल बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रले जनाएको छ ।पानी सहित आएको हावाहुरीले घरको छानो उडाउनुका साथै घरको भित्ता समेत भत्काएपछि सयौं सर्वसधारणहरु विस्थापति भई अरुको घरमा आश्रय लिएर बसेका छन् भने घरमा संचित गरि राखेको खाद्यान्न भिजेर क्षति पुगेको छ ।
यसैबीच बर्दियामा चटयांग लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन्।
गएराती ८ बजे तिर चटयांग लागेर गेरुवा गांउपाललिका वडा नं ६ लाहुरपुर बस्ने बर्ष ६२ की चनी दमाईको घटनास्थलमा मृत्यु भएको छ भने उनका छोरा बर्ष ३२ का शंकर दमाईको खुट्टमा चोट लागेको छ।