Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

नयाँ प्रधानमन्त्री चयन अनिश्चित बन्यो

Sunday, June 4, 2017 National Power

२१ जेठ, काठमाडौं – नयाँ प्रधानमन्त्री चयन अनिश्चित बनेको छ । देशको ४० औँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परे पनि एमालेले संसद अवरोध जारी राख्ने भएपछि चुनावी प्रक्रिया अनिश्चित भएको हो ।

आज प्रधानमन्त्रीका लागि मतदान गर्ने कार्यतालिका संसद सचिवालयको भएपनि एमालेको अवरोधका कारण खुल्ने छाँट नभएकाले कसरी प्रक्रिया अघि बढाउने भन्ने अन्योल भएको हो । सभामुख ओनसरी घर्तीसंग अवरोधका बिच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने तीनवटा विकल्प छन् ।

सभामुख घर्तीले बिहान १० बजे कार्यब्यवस्था परामर्श समितिको बैठकमा सहमति खोज्ने प्रयास गर्ने तयारी भएको छ । तर भरतपुरमा मतगणना हुनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको एमाले आफ्नो अडानबाट पछि नहट्ने बताएको छ । एकजनाको मात्र उम्मेदवारी परेपनि संसदीय नियम अनुसार मतदान गर्नैपर्छ ।

मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नैपर्छ । कांग्रेस सभापति देउवाका पक्षमा अहिलेसम्म कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८२, लोकतान्त्रिक फोरमका १७ र केही सानादल समेतका गरि ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ ।

संसदमा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्‍याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ । राप्रपा र राजपाले पनि प्रधानमन्त्रीमा देउवालाई सघाउने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।