Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रहरीको गाडी दुर्घटना हुँदा १ को मृत्यु, २५ प्रहरी घाइते

Tuesday, May 23, 2017 National Power

९ जेठ, वीरेन्द्रनगर – कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने २५ जना प्रहरी घाइते भएका छन् ।

वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) आज विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरीले जानकारी दिए ।जीप अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । दुर्घटनामा परेको गाडी कालिकोटमा स्थानीय तहको चुनाव सकेर सुर्खेत आउँदै गरेको थियो ।