Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पाँचखालमा काँग्रेस र पनौतीमा एमाले

Tuesday, May 16, 2017 National Power

२ जेठ, काभ्रे – मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।

यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रमेशराज गिरीले ३०८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गर्नुभयो