Wednesday 29th June 2022

    प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न    नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण

युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा आज रियल ड्रवीको भिडन्त

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, काठमाडौँ – इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टस उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिरी ए क्लब युभेन्टसलाई जित दिलाउन मारिओ मान्जुकी र डानी एल्भेसले एक एक गोल गरे । मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । पहिलो लेगमा युभेन्टस २ – ० ले अघि रहेको थियो ।

अब युभेन्टसले उपाधिका लागि दुई स्पेनिस क्लब रियल मड्रिड वा एथ्लेटिको मड्रिडबीचको बिजेतासँग आउँदो जुन ३ मा कार्डिफमा खेल्ने छ । मड्रिड डर्बी रहेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड ३–० ले अघि छ  ।

युभेन्टस स्टेडियममा भएको दोस्रो लेगमा घरेलु टोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३३ औं मिनेटमा मान्जुकीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । खेलको  ४४ औं मिनेटमा एल्भेसले गोल गरेपछि पहिलो हाफमा युभेन्टसले २ – ० को अग्रता बनायो ।

दोस्रो हाफको ६९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै मोनाकोलाई खेलमा फर्काउने कोशिस गराए । युभेन्टस विरुद्ध गोल गरेसँगै मोनाकोका एमबाप्पे च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा गोल गर्ने कम उमेरका खेलाडीको किर्तिमान बनाए ।

एमबाप्पेले १८ बर्ष १४० दिनमा गोल गर्दै यो किर्तिमान बनाएका हुन् ।  त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेनन् र युभेन्टसले खेल २ – १ ले जित्दै फाइनल स्थान पक्का बनायो ।
योसँगै युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ । यसअघि युभेन्टस सन् २०१५ को सिजन फाइनलमा बार्सिलोनासँग ३–१ ले पराजित भएर उपविजेतामा समेटिएको थियो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
यस्तै युभेन्टसले छैटौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेर अर्को इटालियन क्लबले बनाएको सर्वा्धिक धेरै पटक फाइनल पुग्ने क्लबसँग बराबरी गरेको छ । त्यस्तै च्याम्पियन्स लिगको १२ खेलमा अपराजित रहेको युभेन्टसले युरोपियन क्लब फुटबलमा अहिलेसम्मकै राम्रो प्रदर्शन गरेको छ ।  युभेन्टसले १२ खेलमा ९ जित र ३ बराबरीको नतिजा निकालेको छ ।