Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

पन्जावको प्लेअफमा पुग्ने आशा कायमै

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, भारत – आइपिएल १० अन्तर्गत गए राती भएको खेलमा पन्जावले कोलकतालाइ पराजित गरेको छ । यो जितसंगै पनजावको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ । टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले सार्वाधिक ४४ रन बनाए त्यस्तै रिद्धिमान साहले ३८ रनको योगदान दिए । कोलकताको लागि क्रिस वक्स, कुलदीप यादवले २–२ विकेट लिए ।

जवाफमा कोरकताले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । उसका लागि ओपर क्रिस लिनले सर्वाधिक ८४ रन बनाए पनि अन्यले उल्लेखनीय योगदान दिन सकेनन् र खेल १४ रनले गुमायो ।