Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बैशाख १ मा फिल्म लभ लभ लभु रिलिज हुने

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौं  – आउँदो बैशाख १ मा फिल्म लभ लभ लभु रिलिजको लागी तयार मा रहेको छ ।

यो फिल्मीमा अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् ।

सुरजले यसअघि भने वाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् । यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ ।

पछिल्लो पुस्तामा ुफास्टफुडु शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने उनले बताए ।

खनालले संवादबाहेक कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने र यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।