Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

“सेलिब्रेटी” सुमन गुरुङ

Friday, March 31, 2017 National Power

१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् ।

उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् ।

उनी भन्छिन् मैले मेरो उमेरअनुसार आयोजना गरिएको प्रतियोगितामा भाग लिएँ, उपाधि नजिते पनि कहिल्यै हार मानिनँ, मलाई थाहा थियो, हिँड्ने मान्छे नै लड्छ, लडेपछि फेरि उठेर हिँड्न सक्ने हिम्मत भने सबैमा हुनुपर्छ ।’

चैत ११ मा ब्राइट नेपालले आयोजना गरेको मिस चितवनको फाइनल प्रतिस्पर्धामा सहभागी २८ जनामध्ये उनी ताज जित्न सफल भएकी छन्।

उनले भनिन् मैले ‘मिस एसएलसी’ मा समेत भाग लिए, ०६९ मा आयोजित प्रतियोगितामा उनी टप १५ मा पर्न सफल भए। उपाधि जित्न नसके पनि हिम्मत हारिनन् । मलाई परिवारबाट राम्रो सपोर्ट भएकाले यही क्षेत्रमा आकर्षित हुँदै गए । गत भदौमा पोखरामा आयोजित ‘मिस तमुस्यो नेपाल’ मा सहभागिता भई टप फोरमा परे । त्यस्तै मिस बेस्ट स्माइल र मिस जक्सन डटकम पपुलरको उपाधि पाउन सफल भए ।
उनले मलाई जिताउने आम नेपालीलाई धेरै धेरै धन्याबाद पनि दिएकी छन् ।